कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद भर्ने आज अन्तिम दिन

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद भर्ने आज फागुन १३ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले यस अघि हकप्रदमा माघ २७ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा म्याद थप गरि फागुन १३ गते सम्म आवेदन दिन सकिने जनाएको थियो । थपिएको अवधि अनुसार हकप्रदमा आवेदन दिने आज अन्तिम हो । कम्पनीले  माघ ७ गतेदेखि १०० कित्ता बराबर डेढ सय कित्ताका दरले हकप्रद सेयर बिक्रि गरिरहेको हो। कर्पोरेटले हकप्रद सेयर प्रयोजनार्थ पुष २६ गते बुक क्लोज गरेकाले पुष २५ सम्म कायम सेयरधनिहरुले माघ २७ गतेसम्म हकप्रदको लागि आबेदन दिन पाउनेछन्। कर्पोरेटले १ कित्ता बराबर डेढ कित्ताका दरले ३० लाख कित्ता सेयर हकप्रद मार्फत बिक्रि खुला गरेको हो। सय कित्ता हुनेले डेढ सय कित्ताको लागि प्रति कित्ता एक सय रुपैयाँका दरले आबेदन दिन पाउनेछन्। कर्पोरेटले हकप्रद सेयर निष्काशनको लागि सिभिल क्यापिटललाई बिक्रि प्रबन्धकको रुपमा चयन गरेको छ। त्यसैले पुष २५ सम्म कायम योग्य लगानीकर्ताले सिभिल क्यापिटल मार्केट लिमिटेड, सुन्धारा, काठमाडौं र सिभिल बैंकका तोकिएका शाखा कार्यलयहरु जस्तो विराटनगर, बिरगंज, सुर्खेत, पोखरा, नेपालगंज, धनगडी र कर्पोरेट डेभलपमेन्ट बैंकको रजिष्टर्ड कार्यलय र तोकिएका कार्यलय मार्फत दरखास्त फारम प्राप्त गरि फारम भरेर फारम र नगद वा चेक बुझाउन सक्नेछन। त्यस्तै मेरोशेयर अनलाइन तथा सी आश्वा सदस्य बैंकतथा वित्तीय संस्थाबाट समेत हकप्रदमा आवेदन दिन सकिने छ ।   नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन वर्षपछि कर्पोरेट डेभलपमेन्ट बैंकलाई २०७४ माघ १८ गते समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो। समस्याग्रस्तबाट फुकुवा भएपछि बैंकले राष्ट्र बैंकले तोके बमोजिम पुँजी पुर्याउन हकप्रद निष्काशन गर्न लागेको हो । अहिले कर्पोरेट डेभलपमेन्ट बैंकको चुक्तापुंजी २० करोड रहेको छ। डेढ सय प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात कर्पोरेटको चुक्तापुंजी ५० करोड पुग्नेछ।  

सम्बन्धित सामग्री

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर खरीदका लागि आवेदन दिने आज अन्तिम दिन

फागुन १३, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर खरीदका लागि आवेदन दिने आज (शुक्रवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले माघ ७ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो ।  यो हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले पुस २६ गते (एक दिन) बुक क्लोज गरेकाले पुस २५ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन योग्य भएका छन् ।  कम्पनीले १ बराबर १ दशमलव ५ कित्ता शेयरको अनुपातमा रू. ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २० करोड रहेको छ । संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व रहेको यस कम्पनीको हकप्रद पश्चात चुक्तापूँजी रू. ५० करोड पुग्नेछ ।  कम्पनीको अधिकृत पूँजी रू. ६४ करोड र जारी पूँजी रू. ५० करोड रहेको छ । हकप्रद पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम हुनेछ । यो हकप्रद शेयर विक्री प्रबन्धमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुसँगै मेरो शेयर मार्फत पनि यो शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।  कम्पनीको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस आईएस रेटिङ प्रदान गरेको छ । आर्थिक वर्ष ०७९/८० सम्ममा कम्पनीले चुक्तापूँजी रू. ५५ करोड कायम गर्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले रू. ११ लाख ५५ हजार खुद नाफा गरेको छ भने जगेडा कोष रकम रू. १४ करोड १६ लाखभन्दा बढी छ ।  वार्षिक प्रतिशेयर आम्दानी रू. १ दशमलव १३ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ९२ छ ।