प्रदेश १ प्रदेशसभामा प्रदेश नामकरणको विषयमा चर्को आवाज उठ्न थालेको छ । सांसदहरुले प्रदेशको नामकरण यही अधिवेशनमा गर्नुपर्नेमा जोड दिएका छन् । प्रदेशको नाम पहिचान कि भूगोलको आधारमा हुनुपर्ने भन्ने विषयमा बहस भइरहेको हो ।प्रदेशसभाको मंगलबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रको तर्फबाट विशेष समय लिएर बोल्दै सांसद मोहनकुमार खड्काले कसैको पनि बहुमत नपुग्ने भएकाले सहमतिका आधारमा नामकरण गर्नुपर्नेमा जोड दिए । ‘सहमतिको आधारमा नामकरण गरौं, त्यसपछि कसैको घर घेरिँदैन, प्रदेशसभा अगाडि नाराबाजी पनि हुँद