विराटनगर । पहिलो कार्यकालमा टुङ्गो लाग्न नसकेको प्रदेश १ को नामकरण चाँडै सर्वसम्मत रुपले टुङ्ग्याउनुपर्नेमा प्रदेशसभाका नवनिर्वाचित सांसदहरुले जोड दिएका छन् । उनीहरुले प्रदेशको नामकरण छिटो टुङ्ग्याउन सकेको खण्डमा संघीयता विरोधीलाई जवाफ हुने पनि बताए ।
नवनिर्वाचित सांसदहरुलाई पुस १५ र १६ गते अभिमुखीकरण तालिम दिइएको थियो । तालिम समापनमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । नेकपा एमालेका नेता बुद्धिकुमार राजभण्डारीले प्रदेश भड्किलो र खर्चिलो भएको भन्दै यसको खारेजी गर्नुपर्छ भन्ने प्रश्नहरू पनि उठ्न थालेको बताए । त्यसलाई गलत बनाउन अबको पाँच वर्ष सबै दलहरुले आपसी समन्वय गरेर प्रभावकारी काम गर्नुपर्नेमा उनले जोड दिए । ‘हामीले सहमति बनाएर तुरुन्तै...