नामकरणको विवादसमेत नसल्टाईकन प्रदेश सरकारको ५ वर्ष सकिएपसँगै यो चुनौती अब बन्ने नयाँ सरकारमा स्थानान्तरण हुने भएको छ । विलासी गाडी, अनावश्यक महँगा फर्निचर, मन्त्रालयको संख्यामा वृद्धि, कार्यकर्ता भर्ती र अनुत्पादक खर्चमा तानिएको प्रदेश सरकारको विवादित पाइला नयाँ बन्ने सरकारले कसरी मेट्छ भन्ने चुनौती सुरु भएको छ ।