काठमाडौंको आजको तापक्रम २ डिग्री, देशभरको मौसम कस्तो छ?

बुधबार बिहान काठमाडौंको तापक्रम २ डिग्री सेल्सियसमा छ। मंगलबार यो वर्षकै कम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको काठमाडौंको तापक्रम बुधबार भने झण्डै १ डिग्रीले बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्बन्धित सामग्री

यस्तो छ आजको मौसम

काठमाडौं : सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेशमा आशिंक बदली भए पनि आज देशभरको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागे पनि क्रमशः हट्नेछ। आगामी तीन दिन ठूलो बदली, वर्षा र हिमपातको खासै सम्भावना नरहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए।मंगलबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो अधिकतम तापक्रम १७ देखि १९ सम्म रहने छ।

मौसम सफा : अधिकतम तापक्रम लगातार बढ्दै, हावा चल्न थालेपछि वायु प्रदूषण पनि कम

काठमाण्डाै - देशभरको मौसम आज पनि सफा रहने अनुमान गरिएको छ । केही दिनयता देशभरिकै मौसम सफा छ । बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । यसले गर्दा देशभरकै अधिकतम तापक्रम बढ्न थालेको छ । हिउँदे वर्षा नहुँदा हिमपात हुन सकेको छैन । वर्षा र हिमपात नभएको तथा दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेकाले केही दिन अघिको तुलनामा अहिले केही न्यानो छ । मौसमविद् वरुण पौडेलले तत्काललाई पानी पर्ने सम्भावना नरहेको बताउनु भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण हावा चल्दा...

काठमाडौंको तापक्रम ४.२ डिग्री सेल्सियम

काठमाडौं : बिहानैदेखि देशभरको मौसम आंशिक बदली छ। मध्य तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मंगलबार दिउँसो प्रदेश १,गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार दिउँसो पनि देशैभरको मौसम आंशिक बदली रहनेछ। वर्षाको भने सम्भावना नरहेको उनले बताइन्। आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियम मापन भएको विभागले जनाएको छ।

आज उपत्यकाको तापक्रम ६ डिग्री सेल्सियस

काठमाडौं, मंसिर २५ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसमा झरेको छ । अघिल्ला साता ११ डिग्रीमा रहेको उपत्यकाको न्यूनतम तापक्रम घटेर आज ५ डिग्री सेल्सियसमा झरेको हो । पछिल्लो सात उपत्यकासहित देशभरको मौसम घट्दै जाँदा अत्यधिक चिसो बढेको छ । आज बिहान जुम्लाको तापक्रम माइनस ४.५ डिग्री सेल्सियस रहेको छ ।

तापक्रम घटेसँगै चिसो बढ्यो

काठमाडौँ – आज काठमाडौँ उपत्यकासहित देशभरको मौसम आंशिक बदली हुने भएको छ । न्यून चापीय प्रणालीको प्रभावका कारण केही उच्च पहाडी र हिमाली भूभागमा हिमपात सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिएका छन् । उनका अनुसार […]

काठमाडौंमा यस वर्षकै चिसो, तापक्रम ७.१ डिग्री सेल्सियसमा झर्‍यो

१२ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यसवर्षकै कम अर्थात ७.१ डिग्री सेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अब देशभर चिसो बढ्दै जाने छ । मौसमविद् सजिना शाक्‍यले अनलाइनखबरसँग भनिन्, ‘मंसिर १ गते काठमाडौं उपत्यकामा ७.४ डिग्री सेल्सियस मापन गरिएको थियो । आज ७.१ […]

काठमाडौंको तापक्रम ९ डिग्री सेल्सियस

काठमाडौं, मंसिर ११। आइतबार देशभरको मौसम सामान्यतया सफा रहे पनि केही स्थानमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो देशको पहाडी भेगमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षाको संभावना रहेको मौसमविदले जानकारी दिएका हुन् । बाँकी स्थानमा दिनभर मौसम सामान्यतया सफा रहने विभागले उल्लेख गरेको छ । काठमाडौँ […]

देशभरको मौसम सामान्यतया सफा

काठमाडौँ – हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो । साथै वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागकाअनुसार देशका पहाडी […]

कस्तो रहला आज दिनभर र राति देशभरको मौसम?

देशभर चिसो बढेकोले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

काठमाण्डौमा आज पनि न्यूनतम तापक्रम घट्यो

काठमाण्डाै - हिजो भन्दा आज मौसम अझ खुल्ने मौसमविद्ले बताएका छन् । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भए पनि बिस्तारै मौसम खुल्दै जाने माैसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरले मौसम बद्ली गराएर पानी पार्ने प्रणाली सक्रिय नभएकाले आज देशभरको मौसम समान्यतया सफा नै हुने बताउनुभयो। काठमाण्डौमा आज पनि न्यूनतम तापक्रम घटेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो १३ दशमलव ५ डिग्री सेल्सियस थियो । यस्तै, आज दिउँसाे उच्च पहाडी र हिमाली क्षेत्रका एक वा दुई ठाउ...