काठमाडौंको तापक्रम ९ डिग्री सेल्सियस

काठमाडौं, मंसिर ११। आइतबार देशभरको मौसम सामान्यतया सफा रहे पनि केही स्थानमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो देशको पहाडी भेगमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षाको संभावना रहेको मौसमविदले जानकारी दिएका हुन् । बाँकी स्थानमा दिनभर मौसम सामान्यतया सफा रहने विभागले उल्लेख गरेको छ । काठमाडौँ […]

सम्बन्धित सामग्री

काठमाडौंको तापक्रम ५.४ डिग्री सेल्सियस

काठमाडौं : काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको छ। यसअघि हिजो ७.२ डिग्री सेल्सियस थियो।दिउँसो अधिकतम तापक्रम २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। बुधबार दिनभर धुम्म रहेको उपत्यका आज सबेरै खुलेको छ।

काठमाडौंको तापक्रम यस वर्षकै कम

काठमाडौं, ८ माघ।काठमाडौंको न्यूनतम तापक्रम सोमबार(आज) वर्षकै कम मापन गरिएको छ।आज बिहान पौने ९बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम हो।यो वर्ष यसअघि काठमाडौंको कम तापक्रम गएको पुस २०गते मापन गरिएको थियो।पुस २० गते बिहान पौने ९बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो।

यसरी नै चिसो बढे काठमाडौंको तापक्रम माइनसमा जान सक्ने

'तापक्रम हल्का घटिरहेको छ । यही तरिकाले तापक्रम ओरालो लाग्ने हो भने माइनसमा जानसक्छ', मौसमविद् अधिकारीले भने ।

काठमाडौंको तापक्रम ६ डिग्री सेल्सियस

काठमाडौं : सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ। मौसमविद् समीर श्रेष्ठले  तापक्रम दिउँसो १४ देखि १६ डिग्री सेल्सियस पुग्नसक्ने जानकारी दिए। काठमाडौं उपत्यकासहित देशका अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो हुस्सु हटेर घाम लाग्ने श्रेष्ठले जानकारी बताए।

देशभरको तापक्रम घट्यो : काठमाडौंको तापक्रम सातामै चार डिग्रीले झर्‍यो

काठमाडौं उपत्यकाको तापक्रम एक सातामै चार डिग्रीले घटेको छ । पुस पहिलो साताबाट देशभर चिसो बढ्न थालेकामा काठमाडौंमा न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियससम्म झरेको छ । ६ पुसमा काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री...

तराईमा हुस्सु, काठमाडौंको तापक्रम ६ डिग्रीमा झर्‍यो

काठमाडौं – देशभर चिसो बढेको छ। तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतत तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ। मौसमविदहरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ। पश्चिम तराई, मध्य तराई र पूर्वी […]

काठमाडौंको तापक्रम ३ दशमलव २ डिग्रीमा झर्यो

काठमाडौं – काठमाडौंको तापक्रम झण्डै १ डिग्रीले घटेको छ। हिजो न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको शनिबार बिहानको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यो वर्ष काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ५ सम्म झरेको थियो। शनिबार दिउँसो र राति मौसम सफा हुने देखिएकाले न्यूनतम तापक्रम […]

काठमाडौंको तापक्रम अझै घट्न सक्ने

काठमाडौं उपत्यकाको तापक्रम २.६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।यसअघि शुक्रबार काठमाडौँ उपत्यकाको तापक्रम ३.४ डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको विभागका मौसमविद् प्रतिभा मान्नधरले बताइन् ।अबको […]

फेरि तीन डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम, जुम्लामा माइनस ६ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम फेरि तीन डिग्रीसेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार ३.४ डिग्री मापन भएको न्यूनतम तापक्रम शनिबार बिहान तीन डिग्रीमा झरेको हो । यो वर्ष सबैभन्दा कम तापक्रम बिहीबार ३ डिग्री मापन भएको थियो । शुक्रबार अधिकतम तापक्रम १९ डिग्री थियो, आजको अधिकत तापक्रम दिउँसो मात्र थाहा हुन्छ । […] The post फेरि तीन डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम, जुम्लामा माइनस ६ डिग्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काठमाडौंको आजको तापक्रम २ डिग्री, देशभरको मौसम कस्तो छ?

बुधबार बिहान काठमाडौंको तापक्रम २ डिग्री सेल्सियसमा छ। मंगलबार यो वर्षकै कम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको काठमाडौंको तापक्रम बुधबार भने झण्डै १ डिग्रीले बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।