काठमाण्डाै - देशभरको मौसम आज पनि सफा रहने अनुमान गरिएको छ । केही दिनयता देशभरिकै मौसम सफा छ । बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । यसले गर्दा देशभरकै अधिकतम तापक्रम बढ्न थालेको छ । हिउँदे वर्षा नहुँदा हिमपात हुन सकेको छैन ।
वर्षा र हिमपात नभएको तथा दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेकाले केही दिन अघिको तुलनामा अहिले केही न्यानो छ । मौसमविद् वरुण पौडेलले तत्काललाई पानी पर्ने सम्भावना नरहेको बताउनु भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण हावा चल्दा...