काठमाण्डौमा आज पनि न्यूनतम तापक्रम घट्यो

काठमाण्डाै - हिजो भन्दा आज मौसम अझ खुल्ने मौसमविद्ले बताएका छन् । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भए पनि बिस्तारै मौसम खुल्दै जाने माैसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरले मौसम बद्ली गराएर पानी पार्ने प्रणाली सक्रिय नभएकाले आज देशभरको मौसम समान्यतया सफा नै हुने बताउनुभयो। काठमाण्डौमा आज पनि न्यूनतम तापक्रम घटेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो १३ दशमलव ५ डिग्री सेल्सियस थियो । यस्तै, आज दिउँसाे उच्च पहाडी र हिमाली क्षेत्रका एक वा दुई ठाउ...

सम्बन्धित सामग्री

चिसिँदै काठमाडौँ, बिहानको न्यूनतम तापक्रम ६.२

आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।

काठमाण्डौको न्यूनतम तापक्रम आज झण्डै दुई डिग्री सेल्सियसले घट्यो

काठमाण्डौ - काठमाण्डौमा हिजोभन्दा आज चिसो छ । आज न्यूनतम तापक्रम हिजोको भन्दा झण्डै दुई डिग्री सेल्सियसले घटेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव ७ डिग्री सेल्सियस थियो भने आज १० डिग्री सेल्सियसमा झरेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । यस्तै, काठमाण्डौको आजको अधिकतम तापक्रम पनि घट्दो छ । आजको अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म रहने मौसमविद्को अनुमान छ । देशका अन्य ठाउँमा पनि अधिकतम र न्यूनतम तापक्रम घट्दो छ । दिउँसो खासै चिसो नभए पनि बिहान बेलुका चिसो बढेको छ । यस्तै, दशैँको ट...

काठमाण्डौको न्यूनतम तापक्रम आज २ डिग्री सेल्सियसले घट्यो

काठमाण्डौ - काठमाण्डौको न्यूनतम तापक्रम आज २ डिग्री सेल्सियसले घटेको छ । बिहान काठमाण्डौको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद्ले बताएका छन् । हिजो काठमाण्डौको न्यूनतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस थियो । आजको न्यूनतम तापक्रम हिजोको भन्दा २ दशमलव २ डिग्री सेल्सियसले घटेको हो । गएराति काठमाण्डौको तापक्रम हिजो अस्तिको भन्दा चिसो थियो । न्यूनतम तापक्रम अझै घट्ने अनुमान छ । आज बादल लाग्ने तथा भोलि र पर्सि धेरैजसो ठाउँमा पानी पर्ने भएकाले तापक्रम घट्ने अनुमान गरिएको हो । न्यूनतमसँगै अधिकतम तापक्रम घ...

काठमाण्डौमा आज यसवर्षकै चिसो, न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियसमा झर्यो

काठमाण्डौ - काठमाण्डौमा आज यसवर्षकै चिसो छ । काठमाण्डौको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसमविद् हिरा भट्टराईले बताउनुभयो । काठमाण्डौको हिजोको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस थियो । देशका अन्य ठाउँमा पनि न्यूनतम तापक्रम घट्न थालेको छ । चिसो बढ्दै गएकाले न्यूनतम तापक्रम घट्न थालेको हो । मौसममा असर पार्ने प्रणाली नभए पनि जाडोयाम सुरु भइसकेकाले चिसो बढेको हो । देशभर नै बिहान र बेलुका चिसो धेरै छ । दिउँसो भने पारिलो घाम लाग्ने गरेकाले न्यानो छ । देशका धेरै ठाउँको अधि...

देशभर चिसो बढ्यो : काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन

काठमाण्डाै - काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यसअगाडि गएको नोभेम्बर ३ तारिखमा काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो । अझै तापक्रम घट्ने सम्भावना छ । यसैबीच चिसो सुरु भएपछि उपत्यकासहित देशभरको न्यूनतम तापक्रम पनि बिस्तारै घट्न थालेको छ । जुम्लाको तापक्रम माइनस ५ डिग्री सेल्सियससम्म झरेको छ । जिरीको त...

काठमाण्डौको न्यूनतम तापक्रम फेरि घट्यो, पश्चिमी क्षेत्रमा हिमपातको सम्भावना

काठमाण्डाै - काठमाण्डौको न्यूनतम तापक्रम आज पनि घटेको छ । बिहान ६ बजेको न्यूनतम तापक्रम आज ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । न्यूनतम तापक्रम अझ घट्ने सम्भावना छ । बिहान पौने ९ बजेको मापनमा न्यूनतम तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँकाअनुसार बिहान ६ बजे अघि भन्दा त्यस पछि चिसो धेरै हुन्छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस थियो । यस्तै, आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रण...

काठमाण्डौको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम

काठमाण्डौ - काठमाण्डौको न्यूनतम तापक्रम आज यस वर्षकै सबैभन्दा कम मापन भएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस रहेको मौसमविद् मन्जु बासीले बताउनुभयो । हिजोको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस थियो । आज अधिकतम तापक्रम पनि १९ देखि २१ डिग्री सेल्सियसम्म रहने अनुमान गरिएको छ । न्यूनतम र अधिकतम तापक्रम घट्दा बिहान बेलुका चिसो बढ्दै गएको छ ।  रातिको मौसम सफा हुँदा न्यूनतम तापक्रम घट्छ भने बादल लाग्दा अधिकतम तापक्रम घट्छ । देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ । अहिले बिहा...

काठमाण्डौको न्यूनतम तापक्रम बढ्यो

काठमाण्डाै – काठमाण्डौको न्यूनतम तापक्रम आज बढेको छ । हिजो घटेर ८ डिग्री सेल्सियसमा झरेको न्यूनतम तापक्रम आज भने बढेको हो । मौसमविद् राजु प्रधानांगका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।  गएराति आकाशमा बादल लागेकाले तापक्रम बढेको हो । यस्तै, आज अधिकतम तापक्रम पनि बढ्ने पूर्वानुमान गरिएको छ । आज अधिकतम तापक्रम २१ देखि २४  डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको उहाँले बताउनुभयो । हिजोको अधिकतम तापक्रम २१ दशमलव ५ डिग्री सेल्सियस थियो । यस्तै, अहिले काठम...

काठमाण्डौको न्यूनतम तापक्रम आज ९ दशमलव ६ डिग्री सेल्सियस

काठमाण्डौ - काठमाण्डौको न्यूनतम तापक्रम आज ९ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।  हिजो न्यूनतम तापक्रम १०  डिग्री सेल्सियस थियो भने अस्ति ११ दशमलव ४ डिग्री सेल्सियस थियो ।  गएराति आकाश सफा भएका कारण आजको न्यूनतम तापक्रम घटेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार रातको समयमा बादल नलागे न्यूनतम तापक्रम घट्छ ।  चिसो सुरु भएकाले अब न्यूनतम अझै घट्दै जाने छ । यस्तै, पानी पार्ने प्रणाली सक्रिय नभएकाले आज पनि देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।  केही ठा...

आज काठमाण्डौको न्यूनतम तापक्रम १‍‍.८ डिग्री सेल्सियस

काठमाण्डौ - काठमाण्डौको न्यूनतम तापक्रम आज १ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाण्डौको न्यूनतम दुई दशमलव ७ डिग्री सेल्सियस रहेकाे थियो । रातको समयमा आकाश खुल्दा न्यूनतम तापक्रम घटेको हो । पानी नपर्दासम्म मौसम यस्तै रहने पूर्वानुमान गरिएको छ । अहिले देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । आज प्रदेश नम्बर १ को पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने र अन्य ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १ का हिमाली जिल्लामा हलका हिमपातको सम्भावन...