शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशभरका ठूला निजी अस्पताललाई आपत्कालीन रुपमा कोभिड अस्पताल बनाउन आग्रह गर्दै बिरामीको उपचारमा लाग्ने आवश्यक आर्थिक तथा प्राविधिक सहयोग राज्यले गर्ने आश्वासन दिनुभएको छ । राज्यमन्त्री मानन्धरले कोभिड–१९ महामारीमा अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताउनुभएको छ । बालाजुस्थित जनमैत्री अस्पतालको अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले …