काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ। कोरोना संक्रमणको चापलाई मध्यनजर गर्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो। मन्त्रालयका सचिव लक्ष्मण अर्यालले काठमाडौंका वीर, पाटन, टेकू लगायतका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय भएको बताए। निजी अस्पतालहरूलाई पनि एक तिहाइ बेड ननकोभिडको लागि छुट्याएर बाँकी बेडहरू कोभिडको लागि प्रयोग गर्न भनिएको बताए।

सम्बन्धित सामग्री

पश्चिमाञ्चल अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस

गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ । नवगठित मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सो अस्पताललाई कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार अस्पताल बनाउनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । अहिले सो अस्पतालका ५० शय्यामा कोरोनाका बिरामीको उपचार हुँदै आएको छ ।मन्त्रिपरिषद् बैठकले

पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस

गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ।

अब उपत्यकाका सबै सरकारी अस्पताल 'कोभिड अस्पताल'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव लक्षमण अर्यालले उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड उपचार गर्ने अस्पतालका बनाउने निर्णय गरेको जानकारी दिए।

उपत्यकाका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोभिड–१९ को संक्रमण जटिल अवस्थामा पुगेको बताएका छन्।आज मन्त्रालयले गरेको भ्रचुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले दोस्रो लहरको संक्रमण ज्यादै संक्रामक भएकोले अवस्था जटिल भएको बताएका हुन्। उनले अहिले अक्सिजनको माग अत्याधिक बढेको समेत बताए।‘संक्रमण तीव्र रुपमा बढिरहेको छ। अवस्था जटिल छ। अझैं धेरै संक्रमितलाई अक्सिजनको माग अत्याधिक बढेको छ। अक्सिजनको मागअनुसार दिन सकिरहेको छैनौँ तर हामी प्रयासरत छौँ‘ उनले भने।

अब काठमाडौँका सबै सरकारी अस्पताल कोभिड अस्पताल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ। सङ्क्रमितहरूको चापलाई मध्यनजर गरेर सबै सरकारी अस्पतालहरूलाई कोभिड अस्पताल बनाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । साथै निजी अस्पतालहरूलाई पनि एक तिहाइ बेड नन कोभिडको लागि छुट्याएर बाँकी बेडहरू कोभिडको लागि प्रयोग गर्न भनिए पनि कति अस्पतालले त्योभन्दा धेरै […]