युरोपेली युनियनको निर्यात नीतिहरू ‘अर्थहीन’ छन् : चीन

बेइजिङ (चीन) । चीनले राजधानीमा एउटा उच्चस्तरीय शिखर सम्मेलनको पूर्वसन्ध्यामा बेइजिङप्रति युरोपेली युनियनको निर्यात नीतिहरूको कुनै ‘अर्थ’ नभएको बुधवार बताएको छ ।  विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने, ‘यदि युरोपेली युनियनले एकातिर चीनमा उच्च प्रविधियुक्त उत्पादनहरूको निर्यातमा गम्भीर प्रतिबन्ध लगाउँछ र अर्कातिर चीनतर्फको निर्यातमा उल्लेखनीय वृद्धिको अपेक्षा गर्छ भने यसको कुनै अर्थ छैन ।’ युरोपेली युनियन–चीन शिखर सम्मेलनका लागि युनियनका प्रमुख उर्सुला भोन डेर लेयन, युनियनका शीर्ष कूटनीतिज्ञ जोसेप बोरेल र युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेल बिहीवार बेइजिङमा हुनेछन् ।  सन् २०१९ पछि ब्रसेल्स प्रमुखहरू र चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा प्रधानमन्त्री ली छ्याङबीच यो पहिलो व्यक्तिगत शिखर सम्मेलन हुनेछ र मुख्य कुराकानीको विषयमध्ये एक व्यापार हुनेछ । ‘युरोपेली नेता समयसँगै व्यापार सम्बन्धमा असन्तुलन सहन सक्दैनन्,’ भोन डेर लेयनले वार्ताअघि एक अन्तरवार्तामा एएफपीलाई भने, ‘तर हामी वार्ताबाट समाधान निकाल्न रुचाउँछौं ।’ ‘चीन युरोपेली युनियनको विश्वासयोग्य र अपरिहार्य साझेदार हो, वार्ता र परामर्शको माध्यमबाट मतभेदहरूलाई सही ढङ्गले सम्हाल्नु महत्त्वपूर्ण कुरा हो,’ प्रवक्ता वाङले बुधवार एक नियमित पत्रकार सम्मेलनमा भने, ‘युरोपेली पक्षले चीनसँग मिलेर काम गर्नेछ, चीन–युरोपेली युनियनका नेताहरूको बैठकको सफल आयोजनाका लागि सकारात्मक वातावरण बनाउने छ र चीन–युरोपेली युनियनले सम्बन्धलाई स्वस्थ र दिगो विकासका लागि संयुक्त प्रयास गर्नेछन् भन्ने हामीलाई विश्वास छ ।’ रासस

सम्बन्धित सामग्री

कैदीले बुनेका मुढा चीन निर्यात

जिल्ला कारागारमा निर्माण भएका मुढा चीन निर्यात हुन थालेको छ । विभिन्न मुद्दामा जिल्ला कारागार तनहुँको थुनामा परेका कैदीबन्दीले बुनेको मुढा पछिल्लो समय चीनका सहरमा निर्यात भएको हो ।  कैदीबन्दीले बुनेको एक हजार...

उपराष्ट्रपति चीन भ्रमणमा जाँदै

उनले अपरान्ह साढे ४ बजे चीन प्रस्थान गर्नेछन्। सातौं चीन–दक्षिण एशिया प्रदर्शनी तथा २७ औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उनी आज चीन जान लागेका हुन्।...

चीन निर्यात हुने प्रविधिमा अमेरिकी कडाइ

एजेन्सी । गत वर्षको अन्त्यतिर चिप्स तथा विज्ञान ऐन नै बनाएर चीन निर्यात हुने सेमिकन्डक्टर चिपलगायत प्रविधिमा अंकुश लगाउने घोषणा गरेको अमेरिकी सरकारले हाल यसमा थप कडाइ गर्ने भएको छ । अमेरिकी समाचार संस्था ब्लुमबर्गका अनुसार यही अगस्ट महिनाको मध्यतिर जारी हुने सम्भावना रहेको एक कार्यकारी आदेशमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनतर्फ निर्यात हुने प्रविधि […]

नेपालले गुमाइरहेछ अमेरिकाको निर्यात

५ साउन, काठमाडौं । नेपालले अमेरिकाको निर्यात गुमाइरहेको तथ्यांकले देखाएको छ । भारत र चीन पछिको प्रमुख व्यापार साझेदार अमेरिकामा नेपालको निर्यात घट्दै गएको देखिएको हो । सन् १९९९–२००० मा नेपालको कूल निर्यातमा अमेरिकाको हिस्सा २७ प्रतिशत पुगेको थियो । तर, सन्  २०१८–१९ मा कूल निर्यातमा अमेरिकाको हिस्सा कम हुँदै गएर ११ प्रतिशतमा झरेको छ […]

नेपालमा उत्पादित पशुआहार (हाइलेज) चीन निर्यात

नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो । भरतपुरमा उद्योग रहेको सो कम्पनीले तयार गरेको १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको हो । कम्पनीका अनुसार अब क्रमशः दैनिक २० कन्टेनर पशुआहार चीन पठाइने छ । एक वर्षमा …

भिमफेदी कारागारका कैदीबन्दीले बनाएका १० हजार बढी मुढा चीन निर्यात

हेटौंडा : भिमफेदी कारागारका कैदीबन्दीहरूले उत्पादन गरेका मुढा चीन निर्यात हुन थालेको छ। रसुवागढी नाका दुईतर्फी रुपमा खुलेसँगै मकवानपुरको भिमफेदी कारागारका कैदीबन्दीहरुले बनाएका १० हजार ८० थान बाँसका मुढा चीनतर्फ निर्यात गरिएको हो। नाका खुलेको तीन महिनाको अवधिमा भिमफदी कारागारबाट ४ लाख ३२ हजार रुपैयाँ बराबरको ७ ट्रक  बाँसका मुढा…

आयात मात्रै भइरहेको तातोपानीबाट निर्यात खुलाउन चीन सरकार सकारात्मक

आयात मात्रै भइरहेको तातोपानीबाट निर्यात खुलाउन चीन सरकार सकारात्मक भएको छ । तातोपानी मितेरीपुलमा नेपाल र चीनका सरकारी अधिकारीहरूबीच भएको बैठकमा निकासी पनि खुलाउने गरी छलफल सुरु भएको बताइएको छ । तर, कहिलेदेखि दुईतर्फी नाका सञ्चालन गर्ने भन्नेबारे सहमति नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । अध्यागमन कार्यालय कोदारीका प्रमुख दीपक अधिकारी …

निर्यात खुलाउन चीन सरकार सकारात्मक

आयात मात्रै भइरहेको तातोपानीबाट निर्यात खुलाउन चीन सरकार सकारात्मक देखिएको छ।

नेपाली उत्पादन चीन निर्यात गर्न सघाउँछु - राजदूत यान्छी

काठमाण्डौ – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली उत्पादनलाई चीन निर्यातमा सघाउने आश्वासन दिनुभएको छ । श्रव्यदृश्यका माध्यमबाट आज बिहीवार पत्रकार सम्मेलन गर्दै राजदूत यान्छीले नेपाली पक्षले भूमि बन्दरगाहबाट चीनतर्फ निर्यात फेरि सुरु गर्ने चाहनालाई चिनियाँ पक्षले निकै महत्त्व दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस सम्बन्धमा दुवै पक्षका सम्बन्धित निकाय, छिमेकी प्रदेश र सीमा बन्दरगाहका अधिकारीले सञ्चार र समन्वय गरिरहेका छन् । दुवै पक्षले कुटनीतिक माध्यमबाट उपयुक्त समयमा सीमासम्बन्धी मामिलाहरूमा परा...

नेपालबाट चीनमा घाँस पनि निर्यात हुने

१२ चैत, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा दुई देशबिच भएको नौबुँदे समझदारी मध्येको एउटा बुँदा हो, ‘सुरक्षित रुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी’ । यो समझदारी अनुसार अब नेपालबाट चीनमा घाँस निर्यात हुने छ । तर त्यो घाँस अहिले खेतबारीका कान्लामा भएको घाँस हैन । चीन निर्यात हुने घाँस […]