काठमाडौं : प्रतिनिधिसभाको पहिलो अधिवेशन बिजनेसविहीन भएको छ। संसद्ले संघीयता कार्यान्वयनका लागि दर्जनौँ ऐन, कानुनहरू बनाउनुपर्ने अवस्था भए पनि सदन फुर्सदिलो देखिएको छ।हाल प्रतिनिधिसभामा ८ र राष्ट्रियसभामा ८ गरी १६ वटा विधेयक पेस भएका छन्। तर, समितिमा दफावार छलफल नहुँदा सांसदहरू फुर्सदिला भएका छन्। निजामती कर्मचारीसम्बन्धी विधेयक, नागरिकतासम्बन्धी विधेयक लगायतका विधेयक चाँडै पारित गर्नुपर्ने बाध्यता भए पनि सरकारले त्यसतर्फ ध्यान दिन सकेको छैन। पुस २५ देखि चैत २५ गतेसम्म तीन महिनाको अवधिमा प्र