सांसद खतिवडाद्वारा फरार सांसद लक्ष्मी कोइरीबारे संसद्मा सोधखोज

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले लामो समयदेखि फरार एमालेका सांसद लक्ष्मी कोइरीको खोजी गरेका छन्। प्रतिनिधि सभामा बोल्दै फरार सांसद विगत लामोसमयदेखि संसद् भवनमा नदेखिएको भन्दै सभामुखलाई ध्यानाकर्षण गराएका थिए।‘आज १७ औं पटक संसद् चलिरहेको छ। एकजना सांसद् देखिरहेको छैन। १० पटक भन्दा बढी संसद्‍मा नआए संसद् खाली हुन्छ भन्ने खाली हुन्छ भन्ने नियमावलीमा पढेको थिएँ। महोत्तरीबाट निर्वाचित कोइरी हराइरहनुभएको छ। यो सूचना सभामुखलाई जानकारी गराउन चाहन्छु’, उनले भने