शुक्रवार दिउँसो राष्ट्रिय जनमत पार्टीबाट नवनिर्वाचित ३ जना सांसद संसद् सचिवालय परिसरमा भेटिए । बिहीबार संसद्का ज्येष्ठ सदस्यबाट शपथ लिएका सांसदहरू अनिता साह, विनीता सिंह र सोनु मुर्मु संसद् सचिवालयमा परिचयपत्र बनाउनका लागि पुगेका थिए । जनमत पार्टीका समानुपातिकतर्फका सांसद रहेका उनीहरू तिनैजना पहिलो पटक सिंहदरबार प्रवेश गरेका थिए । संसद् भवन, सिंहदरबारसम्मको यात्रा तय भएकोमा उनीहरू दङ्ग थिए । यहाँसम्मको यात्रा गराएकोमा पार्टी र जनतालाई धन्यवाद दिँदै अब संसद्मा जनताका लागि शिक्षा, स्वास्