कान्तिपुर पब्लिकेसन्स आन्दोलन: व्यावहारिक एवं कानूनी बाटोबाट समाधान खोज्न आग्रह

काठमाडौं । कान्तिपुर पब्लिकेसन्समा केही दिनयता भइरहेको आन्दोलनप्रति सञ्चार क्षेत्रसँग सम्बद्ध संस्थाहरूको ध्यानाकर्षण भएको छ । उक्त पब्लिकेसन्समा कार्यरत कामदार तथा कर्मचारीले आफ्ना माग राख्ने क्रममा प्रकाशनको विक्रीवितरणमै अवरोध पुर्‍याएको घटनाप्रति समग्र सञ्चार क्षेत्रका लागि दु:खद भएको नेपाल मिडिया सोसाइटी र नेपाल विज्ञापन संघले बताएका छन् । ‘कामदार तथा कर्मचारीले आफ्ना माग कम्पनी व्यवस्थापनसँग प्रस्तुत गर्नु स्वाभाविक भए तापनि जायज मागलाई सभ्य, शिष्ट तथा अनुशासित ढंगबाट राख्नु आवश्यक छ,’ दुवै संस्थाद्वारा सोमवार संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ, ‘जायज मागलाई कम्पनी व्यवस्थापनले पनि आफ्नो साधनस्रोत तथा ऐन कानूनको व्यवस्था अनुसार नै सम्बोधन गर्नुपर्दछ ।’  प्रेस स्वतन्त्रता र मिडिया व्यवसाय सञ्चालन विरोधी क्रियाकलापप्रति कोही पनि मुकदर्शक बन्न नहुने सम्बद्ध संस्थाहरूले बताएका छन् । साथै अराजकता, हिंसात्मक चेतावनी, हुलहुज्जत जस्ता मिडिया क्षेत्रलाई बदनाम गराउने क्रियाकलाप नगर्न समेत सचेत गराइएको छ । ‘आजको खुला परिवेशमा आफ्ना माग सम्बद्ध पक्षसँग राख्नु, वार्ता छलफल गर्नु, त्यसबाट पनि समाधान नभए कानूनी रूपमा पीडित पक्षले उपचार खोज्ने विकल्पमा जानुपर्ने स्वाभाविक बाटो हो । तर भौतिक रूपमा प्रकाशनको वितरणमा अवरोध पुर्‍याउने कार्यले व्यवस्थापन तथा आन्दोलनरत पक्षबीच झनै अविश्वास तथा मनमुटावको सृजना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारगृहमाथि हुने हुलहुज्जत, कुनै पनि नागरिकको नैसर्गिक अधिकारमाथि आक्रमण, हिंसात्मक धम्की दिने प्रवृत्ति र पक्षहरूका बारेमा सचेत रहने नेपाल सरकार र शान्ति सुरक्षाको जिम्मा लिएका सुरक्षा निकायहरूलाई समेत चनाखो हुन आग्रह गर्दछौं ।’ कान्तिपुर पब्लिकेसन्स र आन्दोलनरत पक्षबीच सयंमित रही समस्या समाधानका लागि व्यावहारिक एवं कानूनी बाटो नै अवलम्बन गरिनुपर्नेमा जोड दिइएको छ ।

सम्बन्धित सामग्री

प्रादेशिक संरचनाअनुसार सुन वितरणको व्यवस्था मिलाउन आग्रह

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग भेट गरी सङ्घीय संरचनाअनुरुप हुनेगरी सुन वितरणको कार्यविधि संशोधन गर्न आग्रह गरेको हो ।हालसम्म पुरानै संरचनाअनुरुप अञ्चलगत रुपमा बनेको कार्यविधिअनुसार सुन वितरण हुँदै आएको र विद्यमान अवस्थामा सो विधि व्यावहारिक हुन नसकेको भन्दै महासङ्घले यथाशीघ्र प्रादेशिक रुपमा सुन बाँडफाँटको व्यव

आचारसंहिता व्यावहारिक बनाउन नेताहरूको आग्रह

राजनीतिक दलका नेताहरूले निर्वाचन आचारसंहितालाई व्यवहारिक बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहीतामा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका दलका नेताहरूले उम्मेदवारले गर्ने निर्वाचन खर्च, प्रचारप्रसारको समय सीमालगायतका विषयलाई समय सुहाउँदो व्यावहारिक बनाउन सुझाव दिएका हुन् । उनीहरूले मन्त्री अर्थात् कार्यकारी हुनुको कारणले निर्वाचन प्रचारमा जान रोक्ने काम राजनैतिक […]

आचारसंहिता व्यावहारिक बनाउन निर्वाचन आयोगलाई दलहरूको आग्रह

काठमाडौं : प्रमुख राजनीतिक दलका नेताहरूले चुनाव आचारसंहिता व्यावहारिक बनाउन निर्वाचन आयोगसँग आज आग्रह गरेका छन्।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहितामा हस्ताक्षर गर्न आयोग पुगेका दलका नेताहरूले निर्वाचन खर्च, प्रचारप्रसारको समय सीमालगायत विषय समय सुहाउँदो र व्यावहारिक बनाउन आग्रह गरेका हुन्।उनीहरूले मन्त्री अर्थात कार्यकारी हुनुको कारण निर्वाचन प्रचारप्रसारमा जान नदिनु राजनीतिक अधिकारविरोधी भएको भन्दै सरकारी सेवा सुविधा प्रयोग

आचारसंहिता व्यावहारिक बनाउन नेताहरूको आग्रह

काठमाडौँ – राजनीतिक दलका नेताहरूले निर्वाचन आचारसंहितालाई व्यावहारिक बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका दलका नेताहरूले उम्मेदवारले गर्ने निर्वाचन खर्च, प्रचारप्रसारको समय–सीमालगायत विषयलाई समय सुहाउँदो व्यावहारिक बनाउन सुझाव दिएका हुन्। उनीहरूले मन्त्री अर्थात् कार्यकारी हुनुको कारण निर्वाचन प्रचारमा जान रोक्ने काम […]

निर्वाचन आचारसंहिता व्यवहारिक बनाउन माग

राजनीतिक दलका नेताहरुले निर्वाचन आचारसंहितालाई व्यवहारिक बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन्।  आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका दलका नेताहरुले उम्मेदवारले गर्ने...

तीजलाई सामूहिक आवाज अभिव्यक्त गर्ने माध्यम बनाउन सभामुख सापकोटाको आग्रह

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दै यो पर्वले सामूहिक रुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन । ‘नेपाली महिलाहरुले यस पर्वलाई स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवन यापनका लागि वातावरण बनाउने विषयमा सघन बहस गर्नु हुने छ भन्ने अपेक्षा गरेको छु,’ सभामुखको शुभकामना सन्देशमा भनिए

दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन शिक्षामन्त्री पौडेलको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षण संस्था बेरोजगार उत्पादन गर्ने संस्था हुन नहुने बताएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)को ३९औँ व्यवस्थापन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भने, “संविधानले प्राविधिक शिक्षालाई वैज्ञानिक, व्यावहारिक र रोजगारमूलक भनेर किटान गरेको छ । सिटिइभिटीले दक्ष, सक्षम र कामकाजी जनशक्ति उत्पादनमा ध्यान […]

बहुमूल्य धातु कारोबार निर्देशिका व्यावहारिक बनाउन महासंघको माग

काठमाडौं (अस) । नेपाल सुनचाँदी व्यवसायी महासंघले बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीका लागि जारी निर्देशिका, २०७७ व्यावहारिक बनाउन सरकारसँग माग गरेको छ । निर्देशिकाका कतिपय बुँदा व्यावहारिक नभएको भन्दै महासंघले आन्तरिक राजस्व विभागसँग व्यावहारिक बनाउन माग गरेको हो । महासंघ अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डलले निर्देशिकामा उल्लेख गरिएका मापदण्ड पूरा गर्न साना व्यवसायीलाई अप्ठ्यारो परेको उल्लेख गर्दै त्यसलाई संशोधन गर्न आग्रह गरेको छ । अहिलेकै निर्देशिका कार्यान्वयन हुँदा व्यवसायीलाई असहज हुने र साना व्यवसायी पलायन हुनुपर्ने अवस्था आउन सक्ने अध्यक्ष शाक्ले बताए । विभागका निर्देशक वोलराज आचार्यले उक्त निर्देशिका व्यवसायीलाई दुःख दिने नियतले नभई सम्पत्ति शुद्धीकरण गर्न खोज्नेका लागि लक्षित गरी जारी भएकाले ब्यवसायीलाई अप्ठेरो नहुने धारणा राखे । विभागका अन्य अधिकारी सहभागी भेटमा महासंघ अध्यक्ष शाक्यसहित उपाध्यक्षद्वय मोहनकाजी शाक्य र पवनकुमार सोमानी, महासचिव धर्मसुन्दर वज्राचार्य तथा पदाधिकारी सदस्य रविन शाक्यलगायत उपस्थित थिए । विभागले गत वर्ष जारी गरेको निर्देशकामा सुनचाँदीलगायत बहुमुल्य वस्तुको कारोबार गर्ने संस्थाले सूचकको रूपमा काम गर्नुपर्ने र होलसेल कारोबार गर्ने व्यवसायीको विवरण विभागमा पठाउनुपर्ने विषय उल्लेख छ ।

यथार्थ विवरणप्रति सु–सूचित रहेर समाचार सम्प्रेषण गर्न काँग्रेसको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश सरकार उपर दर्ता गरिएका अविश्वास प्रस्तावमाथि आवश्यक निर्णय गर्न पार्टीको प्रदेश संसदीय दललाई अधिकार दिनु व्यावहारिक र लोकतान्त्रिक हुने धारणा व्यक्त गरेका छन् । प्रदेश नं १ र वाग्मती प्रदेश सरकार उपर दर्ता गरिएका अविश्वास प्रस्तावमाथि कांग्रेसले लिनुपर्ने निर्णयसम्बन्धी विषय र प्रक्रिया सम्बन्धमा छलफल गर्न सम्बन्धित प्रदेशका पार्टी केन्द्रीय सदस्यसँगको बैठकमा उनले सो धारणा व्यक्त गरे । छलफलका क्रममा सभापति देउवाले राख्नुभएको