तीजलाई सामूहिक आवाज अभिव्यक्त गर्ने माध्यम बनाउन सभामुख सापकोटाको आग्रह

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दै यो पर्वले सामूहिक रुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन । ‘नेपाली महिलाहरुले यस पर्वलाई स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवन यापनका लागि वातावरण बनाउने विषयमा सघन बहस गर्नु हुने छ भन्ने अपेक्षा गरेको छु,’ सभामुखको शुभकामना सन्देशमा भनिए