प्रादेशिक संरचनाअनुसार सुन वितरणको व्यवस्था मिलाउन आग्रह

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग भेट गरी सङ्घीय संरचनाअनुरुप हुनेगरी सुन वितरणको कार्यविधि संशोधन गर्न आग्रह गरेको हो ।हालसम्म पुरानै संरचनाअनुरुप अञ्चलगत रुपमा बनेको कार्यविधिअनुसार सुन वितरण हुँदै आएको र विद्यमान अवस्थामा सो विधि व्यावहारिक हुन नसकेको भन्दै महासङ्घले यथाशीघ्र प्रादेशिक रुपमा सुन बाँडफाँटको व्यव

सम्बन्धित सामग्री

यो देशको समस्या के हो ?

देशभित्र जागीर नपाउने र पढाइका नाममा कमाइ गर्न खोज्ने नेपालीहरू वर्षौंदेखि विदेश गइरहेकै थिए । तर केही समययता पढेलेखेका, बैंकका उच्च तहमै काम गरिरहेका, सरकारी तथा निजीक्षेत्रमा राम्रै नाम, दाम भएकाहरू पनि धमाधम विदेश गैैरहेका खबरहरू आएको आयैै छन् । केही महीनाभित्रै सयौंको संख्यामा चार्टर्ड एकाउन्टेन्टहरू, जो नेपालमा राम्रै गरिरहेका थिए, समेत क्यानडा लगायतका देश पलायन भइराछन् बा ! यो देश बस्नै नहुने भएको हो त ? यो सिएरा लियोन या सिरिया भएको हो ? कि कंगोमा जस्तो काटाकाट मारामार भएको हो ? त्यस्तो भएको त केही पनि छैन । बरु भएको लडाइँ रोकिएको छ । अफगानिस्तानमा जस्तो तालिबानी शासनशैली पनि आएको होइन । तैपनि किन यो भागाभाग ?  मैले समाजका प्रतिष्ठित, बुद्धिजीवी, प्रहरी, नेता लगायतका मानिसहरूसँग भेटेर जान्ने प्रयास गरेँ । शुरूमा मैले एक ठूलै व्यवसायीलाई भेटेर सोधेँ, ‘हिजोआज तपाईंको धन्दा कस्तो चलिराछ ?’ उनले भने, ‘राजनीति र कर्मचारीतन्त्रले गरिखान दिएनन् । धेरै गाह्रो भो ।’ मैले फेरि सोधेँ, ‘हैन गत एक दुई दशकलाई फर्केर हेर्दा त तपाईंहरूले राम्रै प्रगति गरेको देख्छु त म । बिल्डिङहरू हेर्दा, शहरमा गुडेका गाडीहरू हेर्दा, तपाईंहरूको छनकभनक हेर्दा राम्रै देखिन्छ त ।’ व्यवसायीले अलि रिसाएजसरी मलाई भने, ‘अलि बिस्तारै बोल्नुस्, हाकिम र नेताले सुन्लान् । अरु देश कहाँ पुगे । हामी कहाँ छौं । गाडी कुदेको र बिल्डिङ उठेको देखेर मात्र हुन्छ ?’ मलाई लाग्यो, पक्कै केही समस्या त छ । अनि एकजना सरकारी हाकिमकहाँ सोध्न गएँ । ‘हैन हाकिमसाप, उद्योगी, व्यवसायीलाई किन दु:ख दिने गरेको ? खासमा तपाईंहरूको समस्या चैं के हो ?’ हाकिमले बडो गम्भीर हुँदै भने, ‘हेर्नुस्, पत्रकार बन्धु । उद्योगी, व्यवसायीले सम्पत्ति कमाउने । हामी चैं कलम मात्र घुमाउने ? फेरि हामी त जागीरे । नेता, मन्त्रीले जता जा भन्छन्, उतै गएर गर्ने न हो ? अनि काम कसरी गर्ने त ?’ मैले फेरि सोधेँ, ‘हैन तपाईंलाई देश दुख्दैन ? हाकिमले भने, ‘देश नि दुख्छ कतै ? बरु अरु विभागका साथीहरू काजमा वा विदेश गइरहँदा आफूहरू जान नपाउँदा भने हाम्रो मन चैं दुख्छ । फेरि हाम्रो काम व्यवसायीका कुरा सुन्ने होइन, ‘जसो जसो मन्त्री, उसै उसै स्वाहा न हो ।’ मैले न्याय र सुशासनका लागि काम गर्ने एक प्रहरी अधिकृत सम्झेँ । अनि दौडिएँ भेट्न । सोधेँ, ‘तपाईंको दृष्टिमा यो समय राष्ट्रको प्रमुख समस्या के हो जस्तो लाग्छ ?’ पुलिस अफिसरले भने, ‘यो राष्ट्रको प्रमुख समस्या नै ‘ल एन्ड अर्डर’ हो । अर्थात् कानून व्यवस्था । देशभरि भन्सार छली भैराछ । भ्रष्टाचार भइराछ । कर्मचारीले काम नगर्ने, अनि दोष चाहिँ प्रहरीलाई दिन्छन् ।’ मैले सोधेँ, ‘केही हत्या, बलात्कार र भ्रष्टाचार त प्रहरीहरूबाट पनि भैराछ भन्छन् नि त !’ उनले भने, ‘हजुर, सारा दिन खोजबिन गर्दैमा बित्छ । हामीलाई एक मिनेट त समय हुन्न, तपाईं हत्या र बलात्कारको कुरा गर्नुहुन्छ । म त भन्छु कि ती प्रहरीहरू भाग्यमानी हुन्, जो यस्तो व्यस्त जिन्दगी हुँदा हुँदै पनि अपराध कर्म गर्न समय पाउँछन् । यसमा कुनै शंका छैन कि देशमा अपराध धेरै बढ्या छ । तर प्रहरीले के मात्रै गर्ने ? एयरपोर्टमा सुन समात्न जाने कि हप्ता उठाउने, बैंक लुट्न सहयोग जुराउने कि चोरी मिलाउन हिँड्ने ? अपराध बढेको छ भन्नुको मतलब अपराधी पनि बढेका छन् । तर प्रहरीहरू त बढेका छैनन् । किनकि दरबन्दी बढेको छैन । अनि प्रहरी कुन कुन अपराधमा मात्रै जान भ्याउँछन् त ?’ ‘त्यत्ति नै कारण हो त अपराध रोक्न प्रहरी चुकेको, अपराधीलाई नसमातेको ?’ उनले भने, ‘हेर्नुस्, आठ दिशा छन् । अपराधी कुनै पनि दिशामा भाग्न सक्छन् । यदि आठै दिशामा अपराधीलाई खोज्न र समात्न पठाउने हो भने त हरेक दिशामा कम्तीमा दुई दुई प्रहरी त खटाउनै पर्‍यो । भनेको एउटा अपराधी समात्न कम्तीमा १६ प्रहरी चाहियो । अझ बिच्च बिच्चमा केही प्रहरी भागे पनि थप अरू चाहिए । फेरि नेता, पूर्व नेता, मन्त्री, भूतमन्त्री आदिका सुरक्षार्थ खटाउन पनि प्रहरी नै चाहिए । शान्ति सेनादेखि जुलुस, र्‍यालीमा गोली हान्न पनि प्रहरी नै पठाउनै पर्‍यो । अनि कहाँबाट ल्याउने त्यत्तिका प्रहरी ? मलाई चित्त बुझेन । अनि यसो सोचेँ, पुलिसका ठूला हाकिम त गृहमन्त्री हुन् । कतै तिनीबाट पो सही जवाफ पाइन्छ कि ? अनि दौडिएँ मन्त्री क्वार्टरतिर । सोधेँ, ‘मन्त्रीजी देशमा दिनदहाडै हत्या, हिंसा, बलात्कार, तस्करी भैराछ । तर ‘ल एन्ड अर्डर’ किन यति सुस्त ?’ गृहमन्त्रीले भने, ‘ल कहाँ सुस्त हुनु ? बरु चुस्त, दुरुस्त नै छ त ।’ मैले फेरि सोधेँ, ‘अर्डर’ चैं चुस्त, तर ‘ल’ भने सुस्त हो ?’ मन्त्रीले भने, ‘मैले भनेँ नि यो सबै एकमुष्ट बुझ्नुस् न तपाईं ।’ मैले फेरि सोधेँ, ‘मन्त्रालयहरूमा हिजोआज केही कामै हुन्न । किन होला ?’ मन्त्रीले भने, ‘खै यी कर्मचारीहरूले कामै गर्दैनन्, टेर्दै टेर्दैनन्, के गर्नु ?’ मन्त्रीजीको कुरा झन् चित्त नबुझेपछि म एक ठूलै नेतालाई भेट्न गएँ र सोधेँ, ‘नेताजी ल भन्नुस् त देशको अहिलेको सबैभन्दा ठूलो समस्या के हो ?’ नेताले भने, ‘हेर्नुस्, सबैभन्दा ठूलो समस्या त एकपटक जहाँबाट चुनाव जितेको हो, फेरि त्यंैबाट जित्नु छ । चुनाव नजिते राजनीति सकिन्छ । अनि चुनाव जित्न सबै थोक नगरी हुँदैन । यहाँका जनता नै खराब छन् । मेरो छोरालाई जागीर दे भन्छन् । ठेक्का मिलाइदे भन्छन् । अब सबै कुरा मिलाउन थालेपछि त केही न केही बिग्रिहाल्छ नि !’ मैले भने, ‘म एउटा पत्रकार र बुद्धिजीवीको नाताले देशको समस्या हल गर्नका लागि तपाईंलाई के मद्दत गर्न सक्छु त ?’ नेताले भने, ‘यसो मेरो कुरा अझ राम्रोसँग मिलाएर छापिदिनुस् । तपाईं बुद्धिजीवीका नाताले त हैन, तर गुण्डा बदमासका नाताले भने तपाईं मेरो मद्दत पक्कै गर्न सक्नुहुन्छ ।’ मैले भने, ‘गुण्डा बदमास हुनका लागि त मैले फेरि नयाँ जन्म लिएर आउनुपर्‍यो हैन ?’ नेताले भने, ‘त्यसोभए त्यै बेला आउनुस् न त । लोकतन्त्र त अमर छँदै छ । चुनाव त भइनै रहन्छन् । के भो र ? फेरि पछि आउनुस् न त ।’ म अवाक् भएर त्यहाँबाट फर्किएँ । मैले त देशको समस्या ठम्याउनै सकिनँ भन्या । तपाईंले ठम्याउनु भा त छ ? भए मलाई पनि भन्नुस् है !

बजारको आवश्यकता अनुसार दिन प्रतिवद्ध छौँ : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारको आवश्यकता अनुसार कच्चा सुन तथा चाँदी उपलब्ध गराउने व्यवस्था मिलाउन राष्ट्र बैंक प्रतिबद्ध रहेको बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलसँगको भेटपछि गभर्नर अधिकारीले बजारको आवश्यकता अनुसार सुनचाँदी जस्ता वस्तुको कच्चा पदार्थ उपलब्ध गराउने व्यवस्था गर्न राष्ट्र बैंक प्रतिवद्ध रहेको […]

बजारको आवश्यकता अनुसार सुनचाँदी उपलब्ध गराउन प्रतिबद्ध छौं : गभर्नर

२३ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारको आवश्यकता अनुसार कच्चा सुन तथा चाँदी उपलब्ध गराउने व्यवस्था मिलाउन राष्ट्र बैंक प्रतिबद्ध रहेको बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधमिण्डलसँगको भेटपछि गभर्नर अधिकारीले बजारको आवश्यकता अनुसार सुनचाँदी जस्ता वस्तुको कच्चा पदार्थ उपलब्ध गराउने व्यवस्था गर्न […]

सुन वितरणको कार्यविधि संशोधन गर्न आग्रह

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

प्रादेशिक संरचना अनुसार सुन वितरणको व्यवस्था मिलाउन आग्रह

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा सोमबार गएको प्रतिनिधी मण्डलले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग भेटगरी संघीय स‌ंरचना अनुरुप हुने गरी सुन वितरणको कार्यविधी शंशोधन गर्न आग्रह गरेको हो ।

प्रादेशिक संरचनाअनुसार सुन वितरणको व्यवस्था मिलाउन आग्रह

काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग भेट गरी सङ्घीय सरचनाअनुरुप हुनेगरी सुन वितरणको कार्यविधि संशोधन गर्न आग्रह गरेको हो । हालसम्म पुरानै संरचनाअनुरुप अञ्चलगत रुपमा बनेको कार्यविधिअनुसार सुन वितरण हुँदै […]

प्रादेशिक संरचना अनुसार सुन वितरणको व्यवस्था मिलाउन माग

२६ मंसिर, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको व्य वस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा सोमबार गएको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग भेट्दै यस्तो माग गरेको हो । संघीय सरचना अनुरुप हुने गरी सुन वितरणको कार्यविधि संशोधन गर्न व्यवसायीले माग […]

मोफसलमा पनि सुन वितरण गर्न बैंकर्स सङ्घ सहमत - Purbeli News

काठमाडौँ / नेपाल बैंकर्स सङ्घले काठमाडौँ उपत्यका बाहिरबाट पनि सुन बिक्रीवितरण गर्न सहमति जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र बैंकर्स सङ्घका पदाधिकारीबीच आज भएको छलफलमा यस्तो सहमति भएको हो । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौँ उपत्यका बाहिरबाट सुन वितरण नगरिँदा व्यवसायीले दुःख खेप्नु परेको भन्दै यथाशीघ्र तोकिएका स्थानबाट सुन वितरणको व्यवस्था मिलाउन आग्रह...