काठमाण्डाै – राजनीतिक दलका नेताहरूले निर्वाचन आचारसंहितालाई व्यावहारिक बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे आचारसंहितामा हस्ताक्षर गर्न आज आइतवार निर्वाचन आयोग पुगेका दलका नेताहरूले उम्मेदवारले गर्ने खर्च, प्रचारप्रसारको समय सीमालगायतका विषयलाई समय सुहाउँदो व्यावहारिक बनाउन सुझाव दिएका हुन् ।
उनीहरूले मन्त्री अर्थात् कार्यकारी हुनुको कारणले चुनाव प्रचारमा जान रोक्ने काम राजनीतिक अधिकारविरुद्धको कुरा भएको भन्दै सरकारी सेवा सुविधा प्रयोग नगर्ने ग...