यथार्थ विवरणप्रति सु–सूचित रहेर समाचार सम्प्रेषण गर्न काँग्रेसको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश सरकार उपर दर्ता गरिएका अविश्वास प्रस्तावमाथि आवश्यक निर्णय गर्न पार्टीको प्रदेश संसदीय दललाई अधिकार दिनु व्यावहारिक र लोकतान्त्रिक हुने धारणा व्यक्त गरेका छन् । प्रदेश नं १ र वाग्मती प्रदेश सरकार उपर दर्ता गरिएका अविश्वास प्रस्तावमाथि कांग्रेसले लिनुपर्ने निर्णयसम्बन्धी विषय र प्रक्रिया सम्बन्धमा छलफल गर्न सम्बन्धित प्रदेशका पार्टी केन्द्रीय सदस्यसँगको बैठकमा उनले सो धारणा व्यक्त गरे । छलफलका क्रममा सभापति देउवाले राख्नुभएको

सम्बन्धित सामग्री

अनलाइन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड

लन्डन – विदेशमा रहेका नेपाली समुदायको हित तथा ताजा सूचना, मनोरञ्जनात्मक र खेलकुदलगायत समाचार प्रवाहमा अनलाइन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण विश्वास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएका छन्। नेपाल ब्रिटेन डटकमको १६औँ वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिँदै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘हरेक विधामा निष्पक्ष रूपमा निर्धक्क भएर यथार्थ समाचार ल्याउन अनलाइन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने विश्वास लिएको […]

राष्ट्रपति कार्यालयको आग्रह : भ्रामक सूचना प्रकाशन नगर्नू

काठमाडौं : राष्ट्रपतिको कार्यालयले राष्ट्रपतिलाई जोडेर भ्रामक समाचारहरू प्रकाशन भएकोप्रति आपत्ति जनाएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आधिकारिक व्यक्तिसँग बुझी यथार्थ समाचार मात्र प्रकाशन गर्न सबैसँग आग्रह गरेका छन्। उनले कार्यालयबाट भए गरेका कामकारबाही नियमित रूपमा विज्ञप्तिमार्फत जानकारी गराउँदै आएको उल्लेख गरेका छन्। राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यालय र सम्माननीय राष्ट्रपतिज्यूलाई जोडेर विभिन्न किसिमका भ्रामक समाचारहरू प्रकाशन

प्रमाणित सूचना नागरिकसम्म पुर्‍याउनुपर्छ : कानुनमन्त्री शर्मा

चितवन- बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रमाणित सूचना आम नागरिकसम्म पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । नेपाल फोटो पत्रकार महासंघको दोस्रो केन्द्रीय महाधिवेशनको आज सौराहामा उद्घाटन गर्दै उनले तस्वीरले प्रमाणित सूचना दिने बताए । पहिले-पहिले खिचेका तस्वीरको दस्तावेजीकरण गर्दै त्यसै कामलाई परिस्कृत ढङ्गले अहिले तस्वीर लिने गरेको जनाउँदै उनले तस्वीरले यथार्थ समाचार […]

एमसीसी, पर्यटन र ओझेलका यथार्थ

परराष्ट्र नीति तथा कूटनीति मात्रै होइन, वर्तमान नेपालको फोहोरी राजनीतिले पनि शिष्ट, सु–संस्कृत तथा छलकपट र दाउपेचबाट उन्मुक्त हुन जरुरी छ । अनेकन् वादविवाद, आन्दोलन, आलोचना र राजनीतिपश्चात् लामै अन्तराल लगाएर भए पनि अमेरिकी सहयोग अनुदान एमसीसी हालै नेपालीहरूको सार्वभौम संसद्बाट ‘विश्लेषणात्मक’ घोषणासहित ध्वनिमतका आधारमा अनुमोदित भएको समाचार रेडियो नेपालले प्रसारण गरेलगत्तै नेपालस्थित अमेरिकी राजदूतावासबाट […]

नायिका रेखा थापाको उजुरीपछि साइबर ब्यूरोले लेख्यो प्रेस काउन्सिललाई पत्र

नायिका रेखा थापाले विभिन्न युट्युव च्यानलले आफ्नोबिरुद्ध भ्रामक समाचार प्रशारण गरेको आरोप लगाउँदै साइबर ब्यूरोमा उजुरी गरेकी छिन् । थापाको उजुरीपछि ब्यूरोले प्रेस काउन्सिललाई पत्र लेखेको छ ।काउन्सिलसँग भ्रामक समाचार प्रकाशन गर्ने च्यानलको आधिकारिकता र दर्तासम्बन्धी विवरण माग गरिएको छ । काउन्सिलमा पत्राचार गरेको जानकारी दिँदै ब्यूरोका एसएसपी नविन्द अर्यालले रातोपाटीसँग भने–‘हामीले काउन्सिललाई पनि केहो यथार्थ बुझिदिनुहोला भनेर अनुरोध गरेका छौं ।’भ्रामक समाचार प्रशारण गरेर युट्युब

तीन होइन, अब ७५३ नयाँ शहर !

अर्थमन्त्री जनार्दन शर्माको मन्तव्य भनेर भर्खरै तीनवटा ठुला शहरहरू थप गर्नुपर्ने समाचार पढियो । त्यो के कसरी तथा कहाँ प्रस्तावित गर्ने हो, त्यसको आवश्यक व्याख्या सुन्न र बुझ्न पाइएको छैन । परन्तु, यथार्थ के हो भने कृत्रिम रूपमा त्यसरी काठमाडौं जस्ता ठूला शहरहरू थप गर्नुको सट्टा ७५३ स्थानीय तहलाई नै अझ स्रोतसाधन र स्वायत्त अधिकार […]

आयोगद्वारा निर्वाचन सञ्चालनसम्बन्धी कार्यशाला सम्पन्न

निर्वाचन आयोगको आयोजनामा निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा विभिन्न सञ्चारगृहका महिला सञ्चारकर्मीहरुका लागि काभ्रेको धुलीखेलमा कार्यशाला सम्पन्न भएको छ । तीन दिने कार्यशालामा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सम्बोधन गर्दै निर्वाचन चक्रका सबै चरण र प्रक्रियामा सत्य, तथ्य र यथार्थ समाचार तथा विचारको सम्प्रेषणमार्फत स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनका लागि राज्यको चौथो अङ्गको रुपमा रहेको सञ्चारजगतको भूमिका महत्वपूर्ण रहने बताए ।  सबै प्रक

आज श्वेतपत्र सार्वजनिक हुँदै

काठमाडौँ । सरकारले आज आर्थिक श्वेतपत्र जारी गर्ने भएको छ । मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्थाबारे यथार्थ चित्र बाहिर ल्याउन श्वेतपत्र जारी गर्न लागिएको हो अर्थमन्त्री जनार्दन शर्माले मन्त्री नियुक्ति भएलगत्तै श्वेतपत्र जारी गर्ने घोषणा गरेका थिए।  सम्बन्धित समाचार : पछिल्लो आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र जारी गरिने देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था कस्तो हालतमा छ […]

यथार्थ विवरणप्रति सु–सूचित रहेर समाचार सम्प्रेषण गर्न कांग्रसको आग्रह

नेपाली कांग्रसले पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच प्रदेश सरकारविरुद्ध परेका अविश्वासको प्रस्तावका विषयमा फरक विचार नभएको जनाएको छ

त्यो बेलाको समाचार सङ्कलन

धेरैलाई पत्यार नलाग्न सक्छ, मुलुकको जेठो अखबारमा आजभन्दा ३५ वर्षअघिसम्म आफ्नै समाचारदाताबाट समाचार सङ्कलन गर्ने चलन नै थिएन तर यो यथार्थ हो । त्यतिबेला गोरखापत्रका सम्पादकहरूले कहिलेकाहीँ समाचार बनाउँथे तर कार्यालयमै आएका विभिन्न मन्त्रालय, विभाग, संस्थानलगायत विभिन्न सङ्घसंस्थाबाट प्राप्त भएका विज्ञप्तिमा आधारित रहेर । त्यसैले होला, त्यस्ता समाचारमा कार्यालय प्रतिनिधि भनेर लेखिएको हुन्थ्यो । कहिलेकाहीँ राजाको सवारीमा, मन्त्री तथा प्रधानमन्त्रीको टोलीमा समावेश भएर स्वदेश वा विदेश भ्रमणमा जाने अवसर मिलेका बेला भने सँगै गएका सम्पादकहरूले हाम्रा प्रतिनिधि, विशेष प्रतिनिधि भनेर केहीमा समाचार लेख्नेको नाम (बाइलाइनमा)समेत भएका समाचार छापिन्थे ।