इटली विश्व कपमा छनोट हुन सकेन, पोर्चुगल र नर्थ म्यासेडोनियामध्ये एक टिमले स्थान बनाउने

काठमाण्डाै - युरोपेली च्याम्पियन इटली आउँदो विश्व कप फुटबल खेल्न नपाउने भएको छ । विश्व कप छनोटको युरोपेली प्लेअफमा गएराति नर्थ म्यासेडोनियासँग पराजित भएसँगै इटलीले विश्व कप खेल्न नपाउने भएको हो । विश्व कपको आशा बाँकी राख्न इटलीले गएराति नर्थ म्यासेडोनियालाई हराउनै पर्ने थियो तर १–०  ले पराजित भयो । नर्थ म्यासेडोनियाको लागि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा ट्राजकोभ्स्कीले गोल गरे । इटलीले यसअघिको विश्व कप फुटबल पनि गुमाएको थियो । गएराति नै भएको अर्को खेलमा टर्कीलाई ३–१ गो...

सम्बन्धित सामग्री

पोर्चुगलको फुटबल टोलीका मुख्य प्रशिक्षक सान्तोष बर्खास्त

काठमाण्डाै - पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोष बर्खास्त भएका छन् ।कतारमा भइरहेको फिफा विश्व कपको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग पराजित भएपछि पोर्चुगल फुटबल महासङ्घले सान्तोष बर्खास्त गरेको हो । विश्व कपको अन्तिम–१६ र क्वाटरफाइनलका खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि प्रशिक्षक सान्तोषको आलोचना भएको थियो ।पहिलो पटक क्वाटरफाइनमा पुगेको मोरक्कोसँग पोर्चुगल १–० गोलले पराजित भएपछि बाहिरिएको थियो । सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिपसम्मका लागि सान्तोषले सम्झौता गरेका थिए ...

विश्व कप फुटबलको क्वाटरफाइनल : मोरक्कोले रोक्ला पोर्चुगललाई ?

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई वटा खेल हुँदैछन् । क्वाटरफाइनलमा आजको पहिलो खेलमा मोरक्को र पोर्चुगल तथा दोस्रो खेलमा फ्रान्स र  इङ्ल्यान्डबीच खेल हुनेछ । मोरक्को र पोर्चुगलबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे कतारको अल थुमामा मैदानमा सुरु हुनेछ । मोरक्कोले अन्तिम–१६ मा स्पेनलाई पेनाल्टी शुटआउटमा हराएको थियो । त्यस्तै पोर्चुगल स्विट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।  हेड टु हेड पोर्चुगलले सन् २००६ पछि पहिलो...

पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा, स्विट्जरल्यान्ड ६-१ ले पराजित

काठमाण्डौ - पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ । लुसेल स्टेडियममा भएको खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई ६-१ को फराकिलो अन्तरले हरायो । पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थान लिएका उनले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे । जारी विश्व कपमा यो पहिलो ह्याट्रिक हो । यस्तै राफाएल गुरेरो, राफाएल लिआअ‍ो र पेपेले एक-एल गोल थपे । स्विट्जरल्यान्डका लागि म्यानुल अकान्जीले एक गोल गरे । अब पोर्चुगलले क्वाटर फाइनलमा मोरक्कोसँग खेल्नेछ।

विश्व कप फुटबलमा आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दै

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज अन्तिम–१६ का अन्तिम दुई वटा खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्डबीच खेल हुनेछ । आजको पहिलो खेलमा मोरक्को र स्पेन नेपाली समय अनुसार राति पौने ९ बजे खेल्नेछन् । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेताका रुपमा अन्तिम–१६ मा पुगेको हो । आज हुने अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दैछन् । नकआउट चरणको अन्तिम खेल राति पौने १ बजे सुरु हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्यान्...

पोर्चुगल र ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा

काठमाण्डाै - विश्व कप फुटबलमा पोर्चुगल र ब्राजिल अन्तिम १६ मा प्रवेश गरेका छन् । आज बिहान भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हरायो । पोर्चुगलका ब्रुनो फर्नान्डेसले खेलको ५४औँ र अन्तिम इञ्जुरी समयमा गरी दुई गोल गरे । पोर्चुगल एक खेल बाँकी रहँदै अन्तिम १६ मा पुगेको हो । समूह ‘एच’ मा हिजो भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले हराएको थियो । जितसँगै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो जितसँगै पोर्चुगलले ६ अङ्क जोडेको छ । घानाको ३ तथा उरुग्वे र दक्षिण कोरिया...

आउँदो विश्व कप फुटबलमा पोर्चुगल र इटलीमध्ये एउटा देश नहुने पक्का

काठमाण्डाै - फिफा विश्व कप २०२२ को युरोपेली छनोट प्लेअफमा पोर्चुगल र इटली एकै समूहमा परेका छन् । दुवै देश एउटै समूहमा परेसँगै पोर्चुगल र इटलीमध्ये एक देशले मात्रै विश्व कप खेल्न पाउने पक्का भएको छ । हिजो भएको 'ड्र' मा इटली र पोर्चुगल समूह 'सी' मा परेका छन् । यो समूहमा रहेका इटली, पोर्चुगल, टर्की र उत्तर म्यासेडोनिया मध्ये एउटा टिम मात्रै विश्व कपमा पुग्नेछ । पोर्चुगलले टर्की र इटलीले नर्थ म्यासेडोनियासँग खेल्नेछन् । दुई टोलीबीचको विजेताले विश्व कपमा स्थान बनाउने छ, पराजित हुने टोली बाहिरिने छ ।...

बेल्जियमसँग पराजित हुँदै युरोकपबाट बाहिरियो पोर्चुगल

काठमाडाैं : विश्व नम्बर १ टोली बेल्जियमसँग पराजित हुँदै पोर्चुगल जारी युरो कपको अन्तिम १६ बाट बाहिरिएको छ। बेल्जियमले पहिलो हाफको ४२ औं मिनेटमा गरेको एक मात्र गोल नै जितका लागि पर्याप्त बन्यो। उसका लागि थोर्गन हाजार्डले निर्णायक गोल गरे। पहिलो हाफमा बराबरी प्रदर्शन देखाए पनि पोर्चुगल दोस्रो हाफमा निकै आक्रमक बनेको थियो। तर उसको बारम्बारको प्रयास भने सफल हुन सकेन। बेल्जियमका स्ट्राइकर केभिन डि ब्रुनो घाइते हुँदै मैदान छाडेका थिए। योसँगै बेल्जियमले क्वार्टरफाइनल यात्रा तय