पोर्चुगलको फुटबल टोलीका मुख्य प्रशिक्षक सान्तोष बर्खास्त

काठमाण्डाै - पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोष बर्खास्त भएका छन् ।कतारमा भइरहेको फिफा विश्व कपको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग पराजित भएपछि पोर्चुगल फुटबल महासङ्घले सान्तोष बर्खास्त गरेको हो । विश्व कपको अन्तिम–१६ र क्वाटरफाइनलका खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि प्रशिक्षक सान्तोषको आलोचना भएको थियो ।पहिलो पटक क्वाटरफाइनमा पुगेको मोरक्कोसँग पोर्चुगल १–० गोलले पराजित भएपछि बाहिरिएको थियो । सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिपसम्मका लागि सान्तोषले सम्झौता गरेका थिए ...

सम्बन्धित सामग्री

पोल्याण्डका प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त

२८ भदौ, काठमाडौं । पोल्याण्डले एक वर्ष नबित्दै फुटबल टिमका प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गरेको छ । युरोकप छनोटमा कमजोर प्रदर्शनपछि पोल्याण्डले प्रशिक्षक सान्तोसलाई बर्खास्त गरेको हो । सान्तोषको प्रशिक्षणमा पोल्याण्डले ६ खेल मात्र खेलेको छ । आइतबार पोल्याण्ड युरो २०२४ को छनोटमा अल्बानियासँग २–० ले पराजित बनेको थियो । सान्तोसको प्रशिक्षणमा भएको पछिल्ला ५ […]

जर्मन प्रशिक्षक फ्लिक बर्खास्त

२४ भदौ, काठमाडौं । जर्मनीका फुटबल प्रशिक्षक हान्सी फ्लिक बर्खात भएका छन् । शनिबार राति भएको खेलमा जापानसँग ४–१ ले पराजित भएपछि जर्मन फुटबल एशोसिएसनले ५८ वर्षीय प्रशिक्षक फ्लिकलाई बर्खास्त गरेको हो । जर्मनीले अर्को वर्ष युरोपियन च्याम्पियनसिप आयोजना गर्दैछ । तर उसले पछिल्लो ५ मध्ये चार खेल हारेको छ । अगष्ट २०२१ मा जोचिम […]

पोर्चुगलका प्रशिक्षक सान्तोस बर्खास्त

पोर्चुगलको राष्ट्रिय फुटबल महासंघले मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गरेको छ । २२औँ फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले स्तब्ध हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको थियो । पोर्चुगलसँग सान्तोसले सन् २०२४ को...

पोर्चुगलका फुटबल प्रशिक्षक बर्खास्त

काठमाडौं, पुस १ । विश्वकप फुटबलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई मैदानबाहिर राखेको भन्दै विवादमा तानिएका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्तीमा परेका छन् । पोर्चुगल फुटबल महासंघले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक सान्तोसलाई बिहीबार बर्खास्त गरेको हो । प्रशिक्षक सान्तोसले दुई खेलमा कप्तान रोनाल्डोलाई बेञ्चमा राखेका थिए । रोनाल्डो बेञ्चमा बसेको खेलमा पराजित हुँदै पोर्चुगल क्वाटरफाइनलबाट […]

स्पेनिस प्रशिक्षक लुइस एनरिक बर्खास्त

विश्वकपको नकआउट चरणबाट बाहिरिएको दुई दिनपछि स्पेनिस फुटबल संघले टोलीका मुख्य प्रशिक्षक लुइस एनरिकलाई बर्खास्त गरेको हो।...

स्पेनद्वारा प्रशिक्षक लुइस एनरिक बर्खास्त

स्पेनले टिमका मुख्य प्रशिक्षक लुइस एनरिकलाई बर्खास्त गरेको छ। विश्वकपको नकआउट चरणबाट बाहिरिएको दुई दिनपछि स्पेनिस फुटबल संघले टोलीका मुख्य प्रशिक्षक लुइस एनरिकलाई बर्खास्त गरेको हो। ५२ वर्षीय प्रशिक्षक एनरिकले २०१८ देखी स्पेनिस टिम समालेका थिए। उनले २०२० मा स्पेनलाई युरोकपको सेमिफाइनलमा पुर्‍याएका थिए। स्पेनिस फुटबल संघले लुइस एनरिक र उनको कोचिङ टिमलाई धन्यवाद दिएको […]

तीन खेलपछि नै इजिप्टका प्रशिक्षक बर्खास्त

एजेन्सी – इजिप्टियन फुटबल एसोसिएसनले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक एहाब गलाललाई बर्खास्त गरेको छ । ५४ वर्षीय गालाल तीन खेलपछि नै बर्खास्तीमा परेका हुन् । इजिप्ट विश्वकपमा छनोट हुन नसकेपछि उनी गत अप्रिलमा कार्लोस क्विरोजको स्थानमा प्रशिक्षक बनेका थिए । दक्षिण कोरियासँगको मैत्रीपूर्ण खेलमा ४–१ को हार र २०२३ को अफ्रिका कप अफ नेसन्स क्वालिफायरमा […]

घानाका प्रशिक्षक मिलोभान बर्खास्त

घानाले प्रशिक्षक मिलोभान राजेभाकलाई बर्खास्त गरेको छ । अफ्रिका कप अफ नेशन्सबाट घाना समूह चरण भन्दा अघि बढ्न नसकेपछि प्रशिक्षक मिलोभान बर्खास्त भएका हुन् । घानाको फुटबल एसोसिएसन (जिएफए) ले ६८ वर्षका मिलोभानसँग परामर्श गरेको थियो । त्यसपछि उनलाई बर्खास्त गरेको हो । घाना क्यामरुनसँग ३–२ ले पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो ।

कोरोना खोप नलगाएका कारण अमेरिकामा फुटबल प्रशिक्षक बर्खास्त

२ कात्तिक, काठमाडौं। अमेरिकाका एकजना फुटबल प्रशिक्षक कोरोना खोप नलगाएका कारण बर्खास्त भएका छन् । अमेरिकाको वासिङ्टन स्टेट युनिभर्सिटीले फुटबल प्रशिक्षक निक रोलोभिचलाई कोरोनाको खोप नलगाएका कारण जागिरबाट बर्खास्त गरेको बीबीसीले जनाएको छ । उनीसँगै उनका चार सहयोगी पनि कोरोना खोप नलगाएकै कारण बर्खास्त भएका हुन् । ४२ वर्षीय रोलोभिचले बार्षिक ३.१ मिलियन आम्दानी गर्दै […]

नेदरल्यान्ड्सका राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक फ्रान्क डी बोएर बर्खास्त

एजेन्सी। आइतबार राति भएको प्रि–क्वाटरफाइनलमा नेदरल्यान्ड्स चेक रिपब्लिकसँग २–० गोल अन्तरले पराजित भएको नेदरल्यान्ड्सले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक फ्रान्क डी बोएरलाई बर्खास्त गरेको छ। नेदरल्यान्ड्सले चेकसँग पराजित भएको दुई दिनपछि मंगलबार मुख्य प्रशिक्षक फ्रान्कलाई बर्खास्त गरेको हो। ५१ वर्षीय फ्रान्क गत वर्ष नेदरल्यान्ड्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।