आउँदो विश्व कप फुटबलमा पोर्चुगल र इटलीमध्ये एउटा देश नहुने पक्का

काठमाण्डाै - फिफा विश्व कप २०२२ को युरोपेली छनोट प्लेअफमा पोर्चुगल र इटली एकै समूहमा परेका छन् । दुवै देश एउटै समूहमा परेसँगै पोर्चुगल र इटलीमध्ये एक देशले मात्रै विश्व कप खेल्न पाउने पक्का भएको छ । हिजो भएको 'ड्र' मा इटली र पोर्चुगल समूह 'सी' मा परेका छन् । यो समूहमा रहेका इटली, पोर्चुगल, टर्की र उत्तर म्यासेडोनिया मध्ये एउटा टिम मात्रै विश्व कपमा पुग्नेछ । पोर्चुगलले टर्की र इटलीले नर्थ म्यासेडोनियासँग खेल्नेछन् । दुई टोलीबीचको विजेताले विश्व कपमा स्थान बनाउने छ, पराजित हुने टोली बाहिरिने छ ।...

सम्बन्धित सामग्री

विश्व कप फुटबलको क्वाटरफाइनल : मोरक्कोले रोक्ला पोर्चुगललाई ?

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई वटा खेल हुँदैछन् । क्वाटरफाइनलमा आजको पहिलो खेलमा मोरक्को र पोर्चुगल तथा दोस्रो खेलमा फ्रान्स र  इङ्ल्यान्डबीच खेल हुनेछ । मोरक्को र पोर्चुगलबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे कतारको अल थुमामा मैदानमा सुरु हुनेछ । मोरक्कोले अन्तिम–१६ मा स्पेनलाई पेनाल्टी शुटआउटमा हराएको थियो । त्यस्तै पोर्चुगल स्विट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।  हेड टु हेड पोर्चुगलले सन् २००६ पछि पहिलो...

पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा, स्विट्जरल्यान्ड ६-१ ले पराजित

काठमाण्डौ - पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ । लुसेल स्टेडियममा भएको खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई ६-१ को फराकिलो अन्तरले हरायो । पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थान लिएका उनले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे । जारी विश्व कपमा यो पहिलो ह्याट्रिक हो । यस्तै राफाएल गुरेरो, राफाएल लिआअ‍ो र पेपेले एक-एल गोल थपे । स्विट्जरल्यान्डका लागि म्यानुल अकान्जीले एक गोल गरे । अब पोर्चुगलले क्वाटर फाइनलमा मोरक्कोसँग खेल्नेछ।

विश्व कप फुटबलमा आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दै

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज अन्तिम–१६ का अन्तिम दुई वटा खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्डबीच खेल हुनेछ । आजको पहिलो खेलमा मोरक्को र स्पेन नेपाली समय अनुसार राति पौने ९ बजे खेल्नेछन् । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेताका रुपमा अन्तिम–१६ मा पुगेको हो । आज हुने अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दैछन् । नकआउट चरणको अन्तिम खेल राति पौने १ बजे सुरु हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्यान्...

विश्व कप फुटबल : पोर्चुगललाई २–१ गोलले हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा

काठमाण्डाै - फिफा विश्व कप फुटबल‍मा समूह 'एच' अन्तर्गतकाे दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गरेको छ ।  कतारको एजुकेसन सिटी स्टेडियममा गए राति  भएको खेलमा पोर्चुगल दक्षिण कोरियासँग पराजित भएको हो । जितसँगै दक्षिण कोरिया अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेकाे छ ।  खेलको पाँचौँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दक्षिण कोरियाका लागि खेलको २७औँ मिनेटमा किम योङ जीओनले पहिलो गर्दै खेललाई ब...

विश्व कप फुटबलमा आज समूह चरणका अन्तिम चार खेल हुँदै

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज समूह चरणका अन्तिम खेल हुँदैछन् । आज समूह ‘एच’ र ‘जी’ का चार वटा खेल हुनेछन् । समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच खेल हुनेछ । यी दुई खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछन् । यो समूहबाट पोर्चुगल अन्तिम १६ मा पुगिसकेको छ । अरु तीन टोली दक्षिण कोरिया, घाना र उरुग्वेको नकआउट चरणमा पुग्ने सम्भावना उत्तिकै छ । यस्तै समूह ‘जी’ मा सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच खेल ह...

पोर्चुगल र ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा

काठमाण्डाै - विश्व कप फुटबलमा पोर्चुगल र ब्राजिल अन्तिम १६ मा प्रवेश गरेका छन् । आज बिहान भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हरायो । पोर्चुगलका ब्रुनो फर्नान्डेसले खेलको ५४औँ र अन्तिम इञ्जुरी समयमा गरी दुई गोल गरे । पोर्चुगल एक खेल बाँकी रहँदै अन्तिम १६ मा पुगेको हो । समूह ‘एच’ मा हिजो भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले हराएको थियो । जितसँगै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो जितसँगै पोर्चुगलले ६ अङ्क जोडेको छ । घानाको ३ तथा उरुग्वे र दक्षिण कोरिया...