साविक विजेता पोर्चुगल र विश्वकप विजेता फ्रान्ससहित जर्मनी दोस्रो चरणमा, रोनाल्डोद्धारा सर्वाधिक गोलको विश्व कीर्तिमान बराबरी

साविक विजेता पोर्चुगल र साविक विश्वकप विजेता फ्रान्ससहित जर्मनी युरोकप फुटबल २०२० को दोस्रो चरण पुगेका छन्। बुधबार राती सम्पन्न भएको खेलमा आपसमा २-२ गोलको बराबरी खेल्दै फ्रान्स र पोर्चुगलले नकआउट चरणमा स्थान बनाएका हुन्। अर्को खेलमा हंगेरीसँग बराबरी खेलेको जर्मनी पनि अगाडि बढ्यो। समूह ‘एफ’मा ३ खेलपछि ५ अंक भएको फ्रान्स विजेता बन्यो। ४ […]

सम्बन्धित सामग्री

फिफा विश्वकप फुटबल ड्र  : उपाधि दाबेदार जर्मनी र स्पेन एकै समूहमा

चैत १९,  काठमाडौं । कतारमा आयोजना हुन गइरहेको फिफा विश्वकप फुटबलको ड्र सार्वजनिक गरिएको छ । नोभेम्बर र डिसेम्बरमा त्यहाँ हुने विश्वकपमा  जर्मनी र स्पेन  एकै समूहमा परेका छन् । शुक्रवार राति कतारको दोहामा आयोजित एक कार्यक्रमका बीच विश्वकपको ड्र सार्वजनिक गरिएको हो । सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारको दोहामा सम्पन्न ‘ड्र’ ले प्रतिद्वन्द्वीहरू विभाजन गरेको हो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेयता विश्वकप पहिलो पटक एशियाली राष्ट्रमा हुँदै छ । उपाधि दाबेदार जर्मनी र स्पेन एकै समूहमा परेका छन् । समूह ‘ई’ मा स्पेन, जर्मनी र जापान छन् । यस्तै कोस्टारिका र न्युजिल्याण्ड बीचको अन्तर महादेशीय प्लेअफको विजेता यस समूहमा हुने छन् । भू–राजनीतिक प्रतिद्वन्द्वी अमेरिका र इरान पनि एकै समूह ‘बी’ मा परेका छन् । सार्वजनिक ड्र अनुसार साविक विजेता फ्रान्स समूह ‘डी’ मा परेको छ । उक्त समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ । लियोनल मेस्सी र रोवर्ट लेवान्डोस्कीको टोली समूह चरणमै भिड्ने भएका छन् । समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् । क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल सहज समूह ‘एच’ मा छ । यस समूहमा उरुग्वे, दक्षिण कोरिया र घाना पनि छन् । विश्व नम्बर एक ब्राजिलसहित  स्वीट्जरल्याण्ड, सर्बिया र क्यामरुन  समूह ‘जी’ मा रहेको छ । आयोजक कतारसँगै नेदरल्यान्ड्स, सेनेगल र ईक्वेडर समूह ‘ए’ मा छन् । यसैगरी समूह बी मा इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/युक्रेन/स्कटल्याण्ड) छन् भने समूह एफमा बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा छन् । कुन समूहमा कुन -  कुन राष्ट्र ? समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/ युक्रेन/ स्कटल्याण्ड) समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, (युएई/ अष्ट्रेलिया/ पेरु) समूह ई – स्पेन, जर्मनी, जापान, (कोस्टारिका/ न्युजिल्याण्ड) समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन, समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

युरोकप : दावेदार टीम बाहिरिए यी हुन् क्वाटरफाइनलमा पुग्ने आठ देश

विश्वकप फुटबलपछि सर्वाधिक आकर्षक रहेको युरोकपको क्वाटरफाइनलमा पुग्ने आठ देशको टुंगो लागेको छ । क्वाटरफाइनलका खेलहरु जुलाई २ देखि सुरु हुनेछ । मंगलबार प्रि क्वाटरफाइनलका खेलपछि अन्तिम आठको टुंगो लाग्दा उपाधिको दावेदार टोली बाहिरिएका छन् । साविक विजेता पोर्चुगल, साविक उपविजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको विजेता जर्मनी भने अन्तिम १६ बाटै बाहिरिएका हुन् । …

यी हुन् युरोकपको नकआउट चरणमा प्रवेश गरेका टिम, कुन टिमले को सँग खेल्दै

काठमाडौं : युरोकप अन्तर्गत समूह चरणका खेल सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ। बुधबार राति सकिएको खेलपछि प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६ मा पुग्ने टिमहरुको अन्तिम टुंगो लागेको हो। नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने देखिएको छ। यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बन

फ्रान्स समूह विजेता, जर्मनी र पोर्चुगल पनि अन्तिम १६ मा

युरो २०२० अन्तर्गत समूह 'एफ' बाट फ्रान्स समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ। यस्तै जर्मनी उपविजेता र साविक विजेता उत्कृष्ट तेस्रो टिममा रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन्।

युरोकप २०२० : यस कारण रोचक छन् समूह ‘एफ’ अन्तर्गत आज हुने खेल

यो समूहमा विश्व विजेता फ्रान्स, युरोकपको साविक विजेता पोर्चुगल र सन् २०१४ को विश्वकप विजेता जर्मनी छन् । यही समूहमा रहेको हंगेरी पनि सशक्त टिमका रूपमा उदाइरहेको छ

युरोकपमा आज तीन ठूला खेल हुँदै

विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (शनिबार) तीन खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । समूह 'एफ' मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे शुरू हुनेछ । दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन् । दुई टिमबीचको खेल राति ९:४५ बजे शुरू हुनेछ । आज हुने तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । स्पेन र पोल्याण्डबीचको खेल राति १२:४५ बजे शुरू हुनेछ ।

युरोकप : फ्रान्स र जर्मनीको हेभिवेट भिडन्त आज

१ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत आज समूह एफको दुई खेल हुँदैछ । जहाँ विश्व विजेता तथा युरोकपको साविक उपविजेता फ्रान्स अनी विश्वकप र युरोकपको पूर्वच्याम्पियन जर्मनी भिड्दैछन् । यस्तै साविक विजेता पोर्चुगल र …