पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा, स्विट्जरल्यान्ड ६-१ ले पराजित

काठमाण्डौ - पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ । लुसेल स्टेडियममा भएको खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई ६-१ को फराकिलो अन्तरले हरायो । पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थान लिएका उनले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे । जारी विश्व कपमा यो पहिलो ह्याट्रिक हो । यस्तै राफाएल गुरेरो, राफाएल लिआअ‍ो र पेपेले एक-एल गोल थपे । स्विट्जरल्यान्डका लागि म्यानुल अकान्जीले एक गोल गरे । अब पोर्चुगलले क्वाटर फाइनलमा मोरक्कोसँग खेल्नेछ।

सम्बन्धित सामग्री

विश्व कप जितेकाे अर्जेन्टिनाकाे टिम स्वदेश पुग्याे

फिफा विश्व कप फुटबल २०२२ को उपाधि जितेको अर्जेन्टिनाको टिम स्वदेश पुगेको छ । टोलीलाई अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सको विमानस्थलमा रातो कार्पेट बिछ्याएर हजारौँ व्यक्तिले स्वागत गरेका छन् । खेलाडीलाई रक ब्यान्ड ला मोस्काले मुचाचोस गाएर स्वागत गरेको समाचार संस्था एपीले जनाएको छ । गएकाे आइतवार राति कतारको लुसेल स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्दै ३६ वर्षपछि विश्व कप जितेको हो । अर्जेन्टिनाले समग्रमा तेस्रो पटक विश्वकप जित्दा ३५ वर्षका लियोनल मेसीले भने करिअरको पहिलो विश्व कप उ...

विश्व कप फुटबल : मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो भएको छ । गएराति कतारको खलिफा मैदानमा भएको खेलमा मोरक्कोलाई २–१ गोलले हराउँदै क्रोएसिया तेस्रो भएको हो । पराजित मोरक्को चौथो भएको छ । क्रोएसियाको जितमा जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक/एक गोल गरे । मोरक्कोका अच्राफ दारीले एक गोल फर्काए । खेलको सातौंँ मिनेटमा जोस्कोले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर, खेलको नवौँ मिनेटमा नै दारीले गोल गरी मोरक्कोलाई बराबरीमा ल्याए । क्रोएसियाका सोरिसिचले खेलको ४२ औँ मिनेटम...

विश्व कप फाइनलमा फ्रान्सको प्रवेशसँगै देशभर हर्षोल्लास, मोरक्कोको प्रशंसा

कतारमा चलिरहेको अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्व कप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सेली टोली प्रवेश गरेसँगै राजधानी प्यारिसलगायत देशका विभिन्न सहरमा खुसीयाली मनाइएको छ । खेल समर्थक फ्रान्सेलीले पराजित मोरक्को टोलीको उत्कृष्ट प्रदर्शनको प्रशंसा पनि गरेका छन् ।  बुधवार राति भएको खेलमा दुई–शून्य गोलले मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्व कपको फाइनलमा प्रवेश गरेको हो । अफ्रिकी देश मोरक्कोको अभूतपूर्व उपलब्धिको उनीहरूले सराहना गरेका छन् ।  विश्व कपको इतिहासमा पहिलो पटक अफ्रिकी देश मोरक्को सेमिफाइनल...

विश्व कप फुटबलको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने

काठमाण्डाै - फिफा विश्व कप फुटबल प्रतियोगिताको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने भएका छन् । आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई पराजित गरी फ्रान्स फाइनलमा पुग्यो । कतारको अल बायत मैदानमा फ्रान्सले मोरक्कोलाई २–० गोलले हराएको हो । यस्तै पहिलो सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगिसकेको छ । अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराएको थियो । आउँदो आइतवार उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच खेल हुनेछ । फाइनल खेल नेपाली समय अनुसार आइतवार राति पौने ९ ...

विश्व कप फुटबल : दक्षिण काेरियालाई ४-१ गाेलले पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा

काठमाण्डाै - विश्व कप फुटबलमा दक्षिण कोरियालाई ४–१ गोलले हराउँदै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा दक्षिण कोरियालाई हराएको ब्राजिलले अब क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ । ब्राजिलले ४ गोल नै खेलको पहिलो हाफमा गर्यो । खेलको ७ औँ मिनेटमा भिनिसियस जुनिअर, १३औं मिनेटमा नेयमार, २९औं मिनेटमा रिचार्लीसन र ३६औं मिनेटमा लुकास पाक्वेटाले गोल गरे । नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । दक्षिण कोरियाका स्युङ–हो पाइकले ७६औं मिनेटमा एक गोल फर्काए । गएराति भएको अन्तिम–१...

विश्व कप फुटबल : पोर्चुगललाई २–१ गोलले हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा

काठमाण्डाै - फिफा विश्व कप फुटबल‍मा समूह 'एच' अन्तर्गतकाे दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गरेको छ ।  कतारको एजुकेसन सिटी स्टेडियममा गए राति  भएको खेलमा पोर्चुगल दक्षिण कोरियासँग पराजित भएको हो । जितसँगै दक्षिण कोरिया अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेकाे छ ।  खेलको पाँचौँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दक्षिण कोरियाका लागि खेलको २७औँ मिनेटमा किम योङ जीओनले पहिलो गर्दै खेललाई ब...

विश्व कप फुटबल : फ्रान्सलाई हराए पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन

काठमाण्डाै - विश्व कप फुटबलमा साविक विजेता फ्रान्स पराजित भएको छ । समूह चरणमा फ्रान्सलाई हराए पनि ट्युनिसिया नकआउट चरणमा पुग्न भने सकेन । समूह ‘डी’ को अन्तिम खेलमा ट्युनिसियाले फ्रान्सलाई १–० गोलले हराएको हो । फ्रान्स यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । समूहको अर्को खेलमा अस्ट्रेलियाले डेनमार्कलाई हराएर अन्तिम १६ मा पुगेको छ ।  अर्को खेलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा पोल्यान्डलाई २–० गोलले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुग्यो । अर्...

विश्व कप फुटबलमा मोरक्कोले बेल्जियमलाई २-० गोलले हरायो

काठमाण्डाै - विश्व कप फुटबल अन्तर्गत समूह 'एफ' को दोस्रो चरणको खेलमा मोरक्कोले बेल्जियमलाई २-० गोलले हराएको छ  । कतारको अल थुमामा स्टेडियममा भएको खेलमा बेल्जियम मोरक्कोसँग पराजित भएको हो ।  मोरक्कोका लागि अब्देलहामिद साबिरीले ७३औँ मिनेटमा पहिलो गोल र इञ्जुरी समयकाे दोस्रो मिनेटमा जाकारिया अबोउखालले दोस्रो गरे ।  उनीहरु दुवै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । पहिलो हाफको इञ्जुरी  समयमा चियाचले गोल गरे पनि भीएआरले अफसाइड मान्यता दिएपछि पहिलो हाफ बराबरीम...

विश्व कप फुटबलमा डेनमार्कलाई पराजित गरी फ्रान्स अन्तिम १६ मा

काठमाण्डाै - विश्व कप फुटबल अन्तर्गत गएराति भएकाे समूह ‘डी’ को खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलले हराएको छ । जितसँगै फ्रान्स अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली समेत बनेको छ । फ्रान्सको जितमा फरवार्ड किलीयन एम्बाप्पेले दुई गोल गरे । उनले खेलको ६१ औँ र ८६ औँ मिनेटमा गोल गरे । ६८ औँ मिनेटमा डेनमार्कमा आन्द्रेस क्रिस्टेन्सनले गोल गरे पनि जितका लागि पर्याप्त भएन । विश्व कप फुटबल अन्तर्गत हिजै भएकाे दाेस्राे खेलमा पाेल्यान्डले साउदी अरेबियालाई हराएकाे छ । पाेल्यान्डले साउदी ...

विश्व कप : अस्ट्रेलियासँग ट्युनिसिया पराजित

काठमाडौं– विश्व कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ । कतारको अल जनौब रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १-० गोलले पराजित गरेको हो । अस्ट्रेलियाका लागि २३औं मिनेटमा माइकल डुकले गरेको गोल नै निर्णायक बन्यो । यससँगै  समूह ‘डी’ मा रहेको अस्ट्रेलिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको […]