सर्लाही–२ मा यादव र महतोबीच मित्रवत प्रतिस्पर्धा, कांग्रेस निर्णायक !

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सर्लाही २ मा सत्ता गठबन्धनका दुई हेभिवेट उम्मेदवारबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनले आइतबार सार्वजनिक गरेको तालमेल तथा मित्रवत प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्रको सूचीअनुसार सर्लाही २ मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका नेपाल समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष महिन्द्र राय यादव र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोबीच मित्रवत प्रतिस्पर्धा हुने भएको हो । दुई हेभिवेट उम्मेदवारबीच हुन लागेको निर्वाचन रोचक बन्ने भएको छ भने

सम्बन्धित सामग्री

बैतडीमा कांग्रेस एक्लै चुनावमा जाने

बैतडी : आसन्न मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बैतडीमा गठबन्धनका तर्फबाट संघमा नेपाली कांग्रेसले टिकट नपाए मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको छ।सोमबार  बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई नै दिनुपर्ने निष्कर्ष निकालेको हो।जिल्ला सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले जनमतका आधारमा संघीय संसदको लागि गठबन्धन दलहरूका तर्फबाट नेपाली कांग्रेसले टिकट पाउनु पर्ने अन्यथा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको नेपाली कांग्रेसका जिल्

विराटनगरमा दलबीच मित्रवत प्रतिस्पर्धा

विराटनगर- स्थानीय निर्वाचनमा दलीय गठबन्धन अनुसार विराटनगर महानगरपालिकामा दलबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ। केन्द्रले स्थानीय तहलाई आवश्कता अनुसार गठबन्धन गर्न छुट दिएसँगै महानगरको मेयर र उपमेयरमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच गठबन्धन भए पनि नेकपा माओवादीका तर्फबाट महानगर सचिवको समेत उम्मेदवारी परेको छ। महानगरको मेयरमा नागेश कोइराला र उपमेयरमा अमरेन्द्र यादव मैदानमा […]

मादी गाउँपालिकामा गठबन्धन नगरी मित्रवत प्रतिस्पर्धा गर्न आव्हान

कास्की । कास्कीको मादी गाउँपालिकामा गठबन्धन नगरी मित्रवत प्रतिस्पर्धा गर्न नेपाली कांग्रेस मादी गाउँपालिका समितिले विज्ञप्ति नै जारी गरेको छ ।

सहमति नभए मित्रवत प्रतिस्पर्धा गर्न पाँच दलको निर्देशन

काठमाडौँ – पाँच दलले स्थानीय तहको चुनावमा सकेसम्म अविलम्ब सहमति गर्न र नभएमा मित्रवत प्रतिस्पर्धा गर्न निर्देशन दिएको छ। ६ महानगरपालिका र ११ उपमहानगरपालिकको भागबण्डा टुंग्याउँदै पाँच दलका प्रमुख नेताहरुले सहमति नभए मित्रवत प्रतिष्पर्धाका लागि बाटो खोलिदिएका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष […]

ज्वाइँलाई पोखराको मेयर बनाउन रामचन्द्रको अड्को, सम्भावना किशोरदत्ततिर !

६ वैशाख, पोखरा । पोखरामा सत्तारुढ गठबन्धनको बैठक चलिरहँदा कास्कीका दुई सचिव भानु ढकाल र देवेन्द्र रानाभाटले एकीकृत समाजवादीसँग मित्रवत प्रतिस्पर्धा गर्ने भन्दै विज्ञप्ति निकाले । कास्की कांग्रेस सभापति किशोरदत्त बरालकै नेतृत्वमा गठबन्धनको बैठक बसिरहँदा आएको विज्ञप्तिपछि काठमाडौंमा सत्तारुढ गठबन्धनको सोमबार बसेको पहिलो बैठक पनि बिना निष्कर्ष टुंगियो । पोखरा न्युरोड दीपसागर होटलमा सत्तारुढ गठबन्धनको […]

पर्सामा कांग्रेस र जसपाले गठबन्धन नगर्ने

वीरगञ्ज– सत्ता गठबन्धमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीच पर्सा जिल्लामा गठबन्धन नहुने भएको छ। तर दुई पार्टीबीच स्थानीय तहको निर्वाचनमा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ। कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवबीच अगामी स्थानीय तहको निर्वाचनमा दुबै पार्टीबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको हो। शनिबार […]

भरतपुरमा महामन्त्री शर्माको प्रस्ताव : मित्रवत प्रतिस्पर्धा गरौं

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर महानगरपालिकाका कांग्रेस र माओवादी केन्द्रले तालमेल नगर्ने प्रस्ताव अघि सारेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको शनिबार बसेको बैठकमा महामन्त्री शर्माले २०७४ मा माओवादीलाई मेयर छाडेकाले यो पटक कांग्रेसलाई सघाउनुपर्ने बताए । उनले भने, ‘हामी चाहन्छौं यो पटक माओवादीले कांग्रेसलाई छोडनु पर्छ ।’ तर माओवादी केन्द्रले […]