३ वैशाख, वीरगञ्ज । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पर्सा जिल्लामा सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने निर्णय गरेका छन् । शनिबार कांग्रेस र जसपाका नेताहरुबीच भएको छलफलले जिल्लाका १४ वटै स्थानीय तहमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो । कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री […]