संकट पर्दा मात्र गाउँघर सम्झिने!

भूकम्प आउँदा ७२ सालमा सबैले गाउँ फर्किने अठोट गर्यौं तर विस्तारै भुल्दै गयौं। विपत्ती आउँछ, हामीलाई झस्काउँछ। फेरि उही अवस्थामा फर्किन्छौं। अहिले कोरोनाको कहर छ, कतिखेर गाँउघर फर्कौं र आफन्त भेटौंको मनोदशामा गुज्रिरहेछन् सबै। तर यो कस्तो सम्बन्ध?

सम्बन्धित सामग्री

चाडपर्वपछि सुनसान बने गाउँ

तनहुँका गाउँ बिस्तारै सुनसान हुँदै गएका छन्। दसैँतिहार मनाउन आएका विद्यार्थी, परदेशी सहर फर्किने तथा विदेश जान थालेसँगै गाउँघर सुनसान हुन थालेका हुन्। चाडपर्व मनाउन विदेशबाट घर आएका स्थानीय काममा फर्किन सुरु गरिसकेका छन्। उनीहरू फर्किन थालेसँगै यहाँका ग्रामीण बस्ती सुनसान भएका हुन्। व्यास नगरपालिका–६, साँजास्थित रत्नज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक देउराज गुरुङले पहिला तीन सय घर रहेको गाउँमा अहिले ६५ घर मात्रै रहेको बताउनुभयो। अधिकांश युवा विदेश रहेकाले सुनसान बनेको उहाँको भनाइ छ। गुरुङले भन्नुभयो, “परदेश गएका चाडबाडमा घर आएकाले गाउँमा रमाइलो थियो, अहिले उनीहरू फर्किन थालेपछि गाउँघर सुनसान भएको छ।” पढ्न सहर छिरेका र जिल्लाबाहिर जागिर गर्नेले पनि गाउँ छाड्न थालेसँगै गाउँ सुनसान हुन थालेका छन्। आफ्नो काम गर्ने ठाउँमा जाने र पढ्न गएका विद्यार्थी पनि फर्किन थालेपछि सवारीसाधनमा समेत चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले बताउनुभयो। जिल्लाबाहिर फर्किनेहरूले गर्दा यातायातका साधन भरिभराउ भएको उहाँले जानकारी दिनुभयो। दसैँतिहारमा रमाइलो रहेका जिल्लाका १० पालिका गाउँघरमा बिस्तारै रौनक हराउन थालेको छ। व्यास नगरपालिका–१३, पोखरीभन्ज्याङ निवासी ९१ वर्षीय रामनाथ सेढाईले स्थानीय स्तरमा रोजगारी नभएकोले गाउँमा युवा नहुँदा सुनसान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा युवा नहुँदा कुनै समस्या पर्दा वा कोही मर्दापर्दासमेत मलामी जाने मान्छे पनि नहुने अवस्था आएको छ।’’

वैदेशिक रोजगारीले युवाविहीन बन्दै गाउँघर, आपत् पर्दा कोही भेटिन्नन्

नवलपरासी – वैदेशिक रोजगारीका लागि विदेश जाने युवा जनशक्ति बढेसँगै गाउँघर युवाविहीन बन्दै गइरहेका छन् । युवा वर्ग शिक्षा तथा वैदेशिक रोजगारीका लागि बिदेसिने क्रम बढ्दै जाँदा गाउँमा बालबालिका र ज्येष्ठ नागरिक मात्रै देखिन थालेका छन् ।  नवलपरासी(बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाको ग्रामीण क्षेत्रब...

अफिस अफिसमा अपहरण

हिजोआज जताततै हाइज्याकिङ अर्थात् अपहरण बढेको छ । गाउँघर, शहरबजार, जहाज होस् या अफिस सबैतिर अपहरणको शृंखला चलेको छ । तर यहाँ चर्चा गर्न लागिएको चाहिँ एउटा अफिसले अर्को अफिसबाट गर्ने अपहरणको हो । यो कर्पोरेट अपहरण अरूभन्दा भिन्न र विशेष प्रकारको हो भनिरहनु नपर्ला । नेपालको कर्पोरेट क्षेत्रमध्ये खासगरी बैंक तथा वित्तीय संस्थाका उच्च र मध्यम तहका पदाधिकारीहरूको अपहरण यतिखेर व्यापक बढेको छ । त्यसबाहेक नाम चलेका डाक्टर, शिक्षक, वित्त–व्यवस्थापक, मानव संसाधन व्यवस्थापक, वेब डिजाइनर, पत्रकार लगायतका अनुभवीहरूको अपहरण पनि उत्तिकै उच्च छ । दोहोर्‍याएरै भनौं, अन्य क्षेत्रमा हुने अपहरणभन्दा कर्पोरेट क्षेत्रतिर चल्ने अपहरणको शैली र प्रवृत्ति धेरै फरक छ । अन्य क्षेत्रमा अपहरण छुरा, तरबार, बन्दुक आदि देखाएर गर्ने गरिन्छ । कर्पोरेट क्षेत्रभित्र भने पद र पैसाको गोलाबारी वर्षाएर अपहरण गरिन्छ । अन्य क्षेत्रमा अपहरणमा पर्नेका आफन्तले अपहरण गर्नेलाई घरै खाली हुने गरी पैसाको थुप्रो बुझाउनुपर्छ । तर, कर्पोरेट क्षेत्रभित्र अपहरणमा पर्ने व्यक्ति भने पैसाको थुप्रोमा पुरिने सम्भावना धेरै छ । अन्य क्षेत्रमा अपहरणमा पर्दा पैसा तिरेर पनि ज्यान जोखिममा पर्न सक्छ । तर कर्पोरेट क्षेत्रमा भने यदाकदा पदसम्म जोखिममा पर्न सक्छ तर पाइसकेको पैसा सुरक्षित हुन्छ । नेपालमा जनशक्ति अपहरण गरिरहने कर्पोरेट क्षेत्रमा बैंकहरू अग्रणी मानिन्छन् । (तीतोमीठोबाट) वर्ष ५ अंक ५०, २०६७, साउन ३१– भदौ ६

कोभिडले बिरानो बनायो गाउँघर

गणेश घिमिरे, इलाम गाउँले जीवनको मौलिकता भनेकै अर्म–पर्म, सरसापटी र एचोपैंचो हो । प्रत्यक्षरूपमा भेट भएर सुख–दुःखका कुरा गर्ने, साह्रोगाह्रो पर्दा सरसहयोग गर्ने, गफिँदै चिया पिउने, घर–व्यवहार, छोराछोरीका कुरादेखि लिएर राजनीति हुँदै देश–विदेशका विषयमा समेत छलफल र कुराकानी गर्ने ग्रामीण जीवनको विशेषतामय सौन्दर्य अहिले खोसिएको छ । ‘आफ्नै गाउँटोल नै बिरानो लाग्न थाल्यो, वल्लो–पल्लो घरमा […]

सेती नदीको कटानले बस्ती जोखिममा

वर्षेनी सेती नदीको कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारिदाङका बस्ती उच्च जोखिममा परेको छ । नदीले वर्षेनी धार परिर्वतन गर्दै स्थानीयका बस्ती भएर बग्न थालेका कारण यहाँका गाउँघर नदीले बगाउने भन्दै स्थानीयवासीमा त्रास फैलिएको छ । वर्षात्को समय शुरु भएसँगै सेतीनदीमा पानीको बहाव पनि निकै बढेकाले यहाँका स्थानीयवासीलाई कति बेला कहाँ बाढीले बगाउने हो भन्ने चिन्ताले पिरोली रहेको शिखर नगरपालिका–११ बारपाटाका स्थानीयवासी गणेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँका बस्ती कहीँ नदीले कटान गर्दैछ त कहीँ बाढी र पहिरोको उच्च जोखिममा छन्, राति ठूलोपानी पर्दा कहाँ के हुने हो भनेर हामीलाई निन्द्रासम्म पर्दैन ।” जिल्लाको शिखर नगरपालिकाको वडा नं १० बनलेग र वडा नं ११ बारपाटामा वर्षेनी वर्षात्को समयमा बाढी पहिरोले निकै दुःख दिने गरेको छ ।