काठमाडौं : मौसमविद्हरूले मनसुन निष्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन्। उनीहरूले केही दिनयता मनसुन निष्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन्।जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूती पोखरेलले हाल देशको विभिन्न भागमा तापक्रम बढेर अत्यधिक गर्मी हुनु स्वाभाविक रहेको बताइन्। उनले मनसुन न्यूनचापीय रेखा १/२ दिनभित्रमै माथि आउने र वर्षा हुन शुरु हुनासाथ गर्मी हटेर जाने बताइन्।‘देशको विभिन्न भागमा तापक्रम बढेको, अत्यधिक गर्मीको जुन अनुभव गरिएको छ, यो मनसुनमा अलिकति