काठमाडौं : मकवानपुर जिल्लामा भीषण वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागले शुक्रबार दिउँसाे साढे ४ बजेसम्म एक घण्टामा मकवानपुर जिल्लाको मकवानपुरगढी र आसपास भीषण वर्षा मापन भएको जनाएको हो।‘मकवानपुरको कर्रा खोला, साम्री खोला, बकैया खोलालगायत आसपासका स-साना खोलामा पानीको सतह आकस्मिक रुपमा बढ्न सक्छ, सतर्क रहौँ,’ विभागले जारी गरेको सूचनामा उल्लेख छ।