काठमाण्डाै - भारतले घरेलु टोली इङ्ल्यान्डसँगको तीन खेलको एक दिवसीय श्रृङ्खला जितेको छ । गएराति भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा ५ विकेटको जित निकाल्दै भारतले श्रृङ्खला २–१ ले जितेको हो।
इङ्ल्यान्डले दिएको २ सय ६० रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर भेट्टायो । भारतका लागि ऋषव पन्तले अविजित रहँदै १ सय २५ रनको शतकीय पारी खेले ।
यस्तै, हार्दिक पाण्डयले ७१ रनको अर्धशतकीय पारी खेले भने रोहित शर्मा र विराट कोहलीले समान १७ रन बनाए । यस्तै, सूर्यकुमार यादवले १६ रन बनाए । इङ्ल्यान्डका रिस टोप्ल...