नेपाल र जिम्बाब्वे 'ए' बीचको तेस्रो एक दिवसीय क्रिकेट प्रभावित

काठमाण्डाै - ओसिलो मैदानका कारण नेपाल र जिम्बाब्वे 'ए' बीचको तेस्रो एक दिवसीय क्रिकेट प्रभावित भएको छ। त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे नै हुने भनिएको खेल अहिलेसम्म सुरु हुन सकेको छैन। ओसिलो मैदानका कारण टस हुन ढिलाइ भइरहेको छ । आज नेपाल जिम्बाब्वेलाई हराउँदै श्रृङ्खला जित्न चाहन्छ । तीन खेलको श्रृङ्खला १–१ को स्थितिमा रहेको  छ । यसअघि भएका खेलमा नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो । अस्ति नेपालले जिम्बाब्वे 'ए' लाई ९ विकेटले हराएको थियो भने शुक्रवार भएको पहिल...