श्रीलङ्कासँगको तीन खेलको एक दिवसीय क्रिकेट शृङ्खला भारतलाई

काठमाण्डाै - श्रीलङ्कासँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला घरेलु टोली भारतले एक खेल अगावै जितेको छ । हिजो भएको दोस्रो एकदिवसीयमा श्रीलङ्का ४ विकेटले पराजित भयो । जितका लागि २ सय १६ रनको लक्ष्य पछ्याएको भारतले ४३ ओभर २ बलमा ६ विकेट गुमाउँदै भेट्टायो । भारतका लोकेश राहुलले अविजित ६४ रन बनाए । श्रीलङ्काका लागि कुमारा र चामिका करुणारत्नेले दुई/दुई विकेट लिए । कसुन रजिथा र धनञ्जय डि सिल्भाले एक/एक विकेट लिए । त्यसअघि इडेन गार्डेनमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्का ३९ ओभर ४ बलमा २ सय १५ रनमा ...

सम्बन्धित सामग्री

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

काठमाण्डाै - दक्षिण अफ्रिकाले इङ्ल्यान्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला जितेको छ । दक्षिण अफ्रिकाले तीन खेलको शृङ्खला २–० ले जितेको हो । इङ्ल्यान्डले दिएको ३ सय ४३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४९ ओभर १ बलमा ५ विकेट गुमाएर ३ सय ४७ रन बनायो । उसका लागि कप्तान टिम्बा बमुभाले १०९ रन बनाउँदै शतकीय पारी खेले । यस्तै, डेबिड मिलरले ५८, एडम माकरमले ४९, रसी भान डार डुसनले ३८, मार्को यानसेनले ३२, क्विटन डि कक ३१ र हेन्रिक केल्सनले २७ रन बनाए । इङ्ल्यान्डका ओली स्टोनी र आदिल रसिदले समान २/२ विकेट लिए भने साम ...

बङ्लादेशसँगको ३ खेलको एक दिवसीय क्रिकेट शृङ्खला जिम्बाब्वेलाई

काठमाण्डाै - घरेलु टोली जिम्बाब्वेले बङ्लादेशसँगको ३ खेलको एक दिवसीय क्रिकेट शृङ्खला एक खेल अगावै जितेको छ । गएराति हरारेमा भएको दोस्रो एक दिवसीयमा जिम्बाब्वेले बङ्लादेशलाई ५ विकेटले पराजित गर्दै शृङ्खला २–० ले जितेको हो । बङ्लादेशले दिएको २ सय ९१ रनको लक्ष्य जिम्बाब्वेले ४७ ओभर ३ बलमा ५ विकेट गुमाएर भेट्टायो । जिम्बाब्वेका लागि सिकन्दर राजा र रेगिस चाकभाले शतकीय पारी खेले । सिकन्दर राजाले १ सय १७ रन र रेगिस चाकभाले १ सय २ रनको योगदान गरे । यस्तै, टोनी मुयोङ्गाले ३० र टडिवानाशी मरुमनीले २५ रन बनाए ।...