काठमाडौँ : संघीय संसद सचिवालयले संसद अधिवेशन नभएका वेलामा पनि संसदीय समितिहरुले भने निरन्तर काम गरिरहेका जनाएको छ। संघीय संसदको दुवै सदनको अधिवेशन गत कात्तिक १६ गते अन्त्य भयो। सो दिन प्रतिनिधिसभाको दोस्रो अधिवेशन र राष्ट्रियसभाको चौथो अधिवेशन अन्त्य भएको हो।संसद अधिवेशन अन्त्य भएसँगै नयाँ बानेश्वरस्थित संघीय संसद भवन सुनसान बनेको छ। सांसदहरु र सांसदलाई भेट्न आउने आगन्तुकहरुले सधैँ भीडभाड हुने सिंहदरबार क्षेत्रमा पनि मानिसहरुको चाप निकै कम भएको छ।अहिले संसदको अधिवेशन नभएका वेलामा&