काठमाडौँ । नेपाली काँग्रेसले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । पार्टीको बाढीपहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका दरले आर्थिक सहयोग दिने बताएको हो । संयोजक मोहनबहादुर बस्नेतले विज्ञप्ति निकालेर बाढीपहिरोमा परेर मृत्यु भएका प्रति मृतक परिवार २५ हजार राहत उपलब्ध गराइने उल्लेख गरेका छन् […]