भारतको जम्मु–कश्मीरमा बाढीपहिरोमा परेर ८ जनाको मृत्यु भएको छ। जम्मु–कश्मीरको कठुवा जिल्लामा बुधबार बाढीपहिरोमा परेर ८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरी र स्थानीयले बाढीपहिरो प्रभावितहरुको उद्धार गरिरहेका छन्। समाचार एजेन्सी एएनआईका अनुसार बाढीपहिरोमा परेर ठूलो संख्यामा स्थानीयहरु प्रभावित भएका छन्।