आइतबारदेखि परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ ।
मनसुनपछिको वर्षाले बाढीपहिरोमा परी आइतबारयता मात्र ७७ जनाको मृत्यु भएको छ । विगत २४ घण्टायता मात्र ५२ जनाभन्दा बढीको ज्यान बाढीपहिरोले लिएको छ । यो जनधनको क्षति मनसुनको सम्पूर्ण अवधिमा भएको भन्दा बढी रहेको गृहमन्त्रालयस्थित विपत् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताइन्।
उहाँका अनुसार बाढीपहिरोमा परी २७ जना अझै बेपत्ता रहेका छन् भने २२ जना घाइते छन् । महाशाखाका अनुसार बुधबार साँझसम्म सबैभन्दा बढी पहिरोले मानिसको ज्यान लिएको छ । जसअनुसार पाँचथरम...