एजेन्सी।भारतको महाराष्ट्रमा भारी वर्षापछि आएको बाढीपहिरोमा परी पछिल्लो २४ घण्टामा ११२ जनाको मृत्यु भएको छ।राज्य विपद् नियन्त्रण कक्षका अनुसार रायगढ, रत्नागिरी, सांगली, सतारा,कोलहापुर, सिन्धुदुर्ग र पुणेंमा उनीहरुको मृत्यु भएको हो।बाढीपहिरोमा परी ९९ जना वेपत्ता भएका छन्।बाढीपहिरोका कारण १ लाख ३५हजार ३१३ जनालाई सुरक्षित स्थानमा सारिएको स्थानीय प्रहरीले जनाएको छ। बाढीपहिरोमा परी ३ हजार २४ चौपायाको समेत मृत्यु भएको छ।