पर्वत– खोला तथा नदीजन्य वस्तु उत्खनन् गर्नेलाई जरिवाना निर्धारण गरिएको छ । वर्षायामका तीन महिना नदीजन्य वस्तु उत्खनन गर्न सरकारले रोक लगाए पनि पर्वतका विभिन्न खोला तथा नदीबाट अवैध रूपमा बालुवा, ढुंगाजस्ता वस्तु निकाल्ने क्रम नरोकिएपछि यहाँको एक गाउँपालिकाले जरिवाना निर्धारण गरेको छ । दक्षिण पर्वतको पैयुँ गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन गरेको पाइएमा ५ हजारदेखि […]
बिना वातावरणीय मूल्यांकन कुनै पनि खोलाबाट नदीजन्य वस्तु निकाल्न पाइँदैन । तर यो खोलामा क्रसर स्थापना गरेर उपकरण प्रयोग गरी नदीजन्य वस्तु उत्खनन् भइरहेको छ।...
पर्वत– पर्वतको जलजला गाउँपालिकाले कानुन विपरीत कालीगण्डकी नदीमा उत्खनन गरिएको नदीजन्य वस्तु लिलाम बिक्री गर्ने भएको छ । सर्वोच्च अदालतको आदेश विपरीत ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरी निकालिएका नदीजन्य बस्तु जफत गरी लिलाम बिक्री गर्न लागिएको हो । उक्त गाउँपालिकाले सरोकारवालाको सहयोगमा अवैध रुपमा उत्खनन गरिएको नदीजन्य बस्तु लिलाम बिक्री गर्न सोमबार […]
काठमाडौँ,९ भदौ । कालीगण्डकी नदीको बगर क्षेत्रबाट नदीजन्य वस्तुको चोरी हुँदा स्थानीय तहको आम्दानीको स्रोत गुमेको छ । सर्वोच्च अदालतको २०७८ असार २९ गतेको अन्तरिम आदेशअनुसार स्थानीय तहहरुले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेक्का प्रक्रिया अघि बढाएका छैनन् । असार १५ देखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने नियम छ […]
दाङ । दाङमा नदीजन्य वस्तु उत्खनन् र ओसारपसारमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राप्ती नदीको लमही नगरपालिका–७ हस्नापुर घाटमा अवैध रुपमा नदीजन्य वस्तु उत्खननमा संलग्न भएका पाँचवटा टिपर र दुईवटा डोजरलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीलगायत टोली स्थलगत अनुगमनमा निस्किएको बेला हस्नापुर घाटमा डोजरले उत्खनन् […]
म्याग्दी – बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदीको बगरमा सम्झौताभन्दा बढी उत्खनन भएको छ । सम्झौताभन्दा बढी नदीजन्य वस्तु निकालेको जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनबाट भेटाएको छ ।कानुनमा रहेको नदीजन्य वस्तु उत्खननसम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र बेनी नगरपालिकासँंग भएको सम्झौताविपरीत जुम्ली निर्माण सेवाले निकाल्दै आएको थियो । मापदण्डभन्दा बढी नदीजन्य वस्तु कम्पनीले निकालेपछि जिल्ला […]
पर्वतको जलजला गाउँपालिकाले बर्खायाममा पनि नदीजन्य पदार्थ उत्खनन् र निकासीका लागि ठेक्का लगाउने भएको छ । लामाखेतस्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष यामबहादुर मल्लको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कालिगण्डकी नदीमा ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा (४) १३ बमोजिम ठेक्का लगाउने निर्णय गरेको हो । पछिल्लो पटक जारी भएको कार्यविधिअनुसार आठवटा बगरमा […]