म्याग्दी नदीमा सम्झौताभन्दा बढी उत्खनन

म्याग्दी – बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदीको बगरमा सम्झौताभन्दा बढी उत्खनन भएको छ । सम्झौताभन्दा बढी नदीजन्य वस्तु निकालेको जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनबाट भेटाएको छ ।कानुनमा रहेको नदीजन्य वस्तु उत्खननसम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र बेनी नगरपालिकासँंग भएको सम्झौताविपरीत जुम्ली निर्माण सेवाले निकाल्दै आएको थियो । मापदण्डभन्दा बढी नदीजन्य वस्तु कम्पनीले निकालेपछि जिल्ला […]

सम्बन्धित सामग्री

मापदण्डविपरित नदीजन्य पदार्थ उत्खननमा अख्तियारको चासो

म्याग्दी नदीमा मादपदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन भइरहेपछि अख्तियारले चासो बढाएको छ । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदी बगरमा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशन–प्रशारण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको हो । बगर उत्खननको जिम्मा पाएका ठेकेदारले मापदण्ड मिचेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरेको समाचार प्रकाशित भएपछि आयोगको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको हो ।

म्याग्दी नदीमा अवैध उत्खनन

सम्झौताविपरीत जथाभावी ठूला उपकरण प्रयोग गरी म्याग्दी नदीबाट नदीजन्य पदार्थ उत्खनन गरिएको पाइएको छ । बेनी नगरपालिकाले गत पुस २३ मा म्याग्दी नदी किनारका विभिन्न ९ स्थानबाट प्रतिघनमिटर भ्याटसहित २ सय ८० रुपैयाँमा निकासी गर्ने गरी १७ हजार ७ सय ६० घनमिटर नदीजन्य पदार्थ उत्खननको सम्झौता गरेको थियो ।

कालीगण्डकीमा माफियाको रजाइँ, डोजर र स्काभेटरले राति-राति उत्खनन

म्याग्दी :  दिनमा जंगलभित्र लुकाएर राखिएका डोजर र स्काभेटर रात परेपछि कालीगण्डकी नदीमा ल्याएर नदी उत्खननको काम सुरु हुन्छ।नदीबाट ढुङ्गा,गिटी, बालुवा निकालिन्छ र नदी किनारामा थुपारेर भोलिपल्ट बिहान उज्यालो नहुँदै ओसारिन्छ।म्याग्दीको बेनी नगरपालिका १ आनन्द बगर र सारेमारे क्षेत्रको कालीगण्डकी नदी किनारमा  विगत १० दिनदेखि यस्तो दृश्य देखिने गरेको छ।बेनी नगरपालिकाले असार १ गतेदेखि नगरक्षेत्रमा रहेका म्याग्दी नदी र कालीगण्डकी नदीका बगरहरूबाट ढुंगा, गिटी, बालुवा उत्खनन तथा संकलन बन्द गराएको छ