नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमसीसी संसदबाट बहुमतले पारित हुने दावी गरेका छन् । बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता महतले सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरेको भन्दै टेबल भएपछि बहुमतले पारित हुने बताएका हुन् ।‘एमसीसी सभामुखले रोक्न मिल्दैन । उहाँको क्षेत्राधिकार संविधानमा तोकिएको छ । त्यसैले सरकारले एमसीसी टेबल गर्छ र बहुमतले पारित पनि हुन्छ’, प्रवक्ता महतको भनाइ छ । उनले एमसीसीबारे फैलाइएको भ्रम पनि संसदबाटै चिरिने भन्दै आगामी संसद ब