गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव सम्पन्न गर्नका लागि पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ ।
शनिबार अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१औँ बैठकले निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन कार्यक्रम अघि बढाउन भन्दै समिति गठन गरिएको हो । सोही समितिलाई महाधिवशेन प्रतिनिधिमा देखिएका असन्तुष्टीहरुलाई सम्बोधन गर्न जिम्मेवारी पनि दिइएको छ ।
समितिका सदस्यहरुमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, राम प्रताप थापा...