राजस्व अनुसन्धान विभागले रु १८ करोड २७ लाख विगो बराबरको राजस्व छली गरेको आरोपमा चारजना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । यसरी मुद्दा चलाइएकामा काठमाडौँको चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिब्युसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, काठमाडौँ महानगरपाकिला–१० बस्ने स्टार इण्डिया प्रालि भारतका आधिकारीक बिक्रेता जुपिटर मिडियाका सञ्चालक अञ्जली अरोरा, ब्रिङ मिडियाका व्यवस्थापक सुरेन्द्र क्षेत्री र सुमन क्षेत्री रहेका छन् ।उक्त कम्पनीले विभिन्न फर्म/कम्पनीबाट वस्तु तथा सेवा बेग