१८ कात्तिक, काठमाडौं । राजस्व अनुसन्धान विभागले २ अर्ब ३६ करोड बिगो मागदाबी गर्दै १७ फर्म तथा कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । ती मुद्दामा ६४ जनालाई प्रतिवादी बनाइएको छ । झुठा तथा नक्कली कर बिजकको प्रयोग गरी राजस्व छली गर्नेहरुविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले अनलाइनखबरलाई जानकारी दिए । […]