काठमाण्डौ – अमेरिका जाने ईडीभी२०२१ को भिसा प्रक्रियाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको तथा बनाएको आरोपमा नौ जना पक्राउ परेका छन् । ईडीभी२०२१ मा नाम निस्किएपछि भिसा प्रक्रियाका लागि नक्कली प्रमाणपत्र पेस गरेको सूचनाको आधारमा नक्कली प्रमाणपत्र पेस गर्ने र बनाउने गरी नौ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेहरूमा पाँचथर घर भइ झापा बस्ने समिर राई, कास्कीका अरूण कार्की, नुवाकोट घर भइ काठमाण्डौ बस्ने राधिका तामाङ, स्याङजा घर भइ काठमाण्डौ बस्ने सबिता श्रेष्ठ, झापाका बिदुर प्य...