केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) कै नक्कली कागजपत्र बनाउने ६ जनालाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ । जनकपुर–८ स्थित विभिन्न ठाउँबाट ६ जनालाई बिहीबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारत बिहार घर भई हाल मोरङ विराटनगर उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय समिर साह, महोत्तरी भंगाहा नगरपालिका–९ बस्ने २१ वर्षीय आदित्य यादव, जलेश्वर नगरपालिका–२ बस्ने ३४ वर्षीय कुनाल चौधरी, जनकपुर उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय चन्दनप्रसाद साह, ५० वर्षीय राम चन्द्र साह र बिदेह नगरपालिका–३ बस्ने...