काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले शैक्षिक प्रमाणपत्र कीर्ते गर्ने सात डाक्टरसहित ८ जनालाई पक्राउ गरेको छ।सिआइबीका प्रमुख डिआईजी सहकुल थापाले अभियुक्तमध्ये ४ जना रजिस्टर्ड डाक्टर भएको बताए। उनका अनुसार एक जनाको सर्टिफिकेट नक्कली बनाउने कन्सल्ट्यान्ट छ।अनुसन्धानका लागि पक्राउ पर्नेमा विराटनगरस्थित न्युरो अस्पतालका २८ वर्षीय मोहमद सिद्दीकी, जनकपुर चिल्ड्रेन अस्पताल धनुषाका २९ वर्षीय सुभाष प्रसाद साह, दीर्घायु गुरु हस्पिटल चाबहिलका २८ वर्षीय मोहम्मद शाहिद राजा, चौरजहारी