काठमाडाैँ- सत्ता गठबन्धनका युवा संगठनहरूले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध विराेध र्याली निकालेका छन्। सरकार निकट संयुक्त विद्यार्थी संगठनले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म विराेध र्याली निकालेकाे हाे। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रियताका विषयमा राजनीतिकरण गर्न खोजिएको बताए। उनले एमालेका भातृसंगठनहरूले राष्ट्रिय झण्डा दुरुपयोग गरेको भन्दै यस्तो नगर्न खवरदारीसमेत गरे। यसैगरी, […]