काभ्रेः : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै आन्दोलनमा उत्रिएका संयुक्त विद्यार्थी संगठनले काभ्रेमा पेट्रोल पम्पहरू बन्द गरेका छन्।बुधबार नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादीका बाबुराम–उपेन्द्रपक्ष निकट विद्यार्थी संगठनले जिल्लाको बनेपा, धुलिखेल, पनौतीलगायत क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पहरू बन्द गरेका हुन्। नेविसंघ काभ्रेका अध्यक्ष नृर्पेश बादेका अनुसार बुधबार बिहानैदेखि संयुक्त विद्यार्थी संगठनले जिल्लाका श्री चण्डेश्वरी आयाल स्टोर, नारायण आयाल स्ट