विपक्षी गठबन्धनसम्वद्ध विद्यार्थी संगठनले माइतीघरमा शंख फुकेर सरकारको विरोध गर्ने

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत विपक्षी गठबन्धनसम्वद्ध विद्यार्थी संगठनले असार २७ गते माइतीघरमा शंख फुकेर विरोध प्रदर्शन गर्ने भएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंको मंगलवार बसेको संयुक्त बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो । आन्दोलन अन्तर्गत असार २४ गते देशव्यापी सिठ्ठी जुलुस गरिने प्रेस विज्ञप्तिमार्फत जनाइएको छ ।

सम्बन्धित सामग्री

गभर्नरकाे राजीनामा माग गर्दै संयुक्त विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्दै

काठमाडाैँ – संयुक्त विद्यार्थी संगठनले आज विरोध प्रदर्शन गर्दैछन्। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राजनीतिक दलमा रहेको भन्दै कुनै पनि राजनीतिक दलमा रहेको व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हुन नमिल्ने भन्दै विरोध प्रदर्शन गर्न लागेका हुन्। उनीहरूले गभर्नर अधिकारीको राजीनामा माग गर्दै आएका छन्। आज बालुवाटारस्थित नेपाल राष्ट्र बैंकअघि कालो ब्यानर टाँसेर विरोध जनाउने […]

नेविसंघमा उमेर हदको व्यवस्था गरेको भन्दै विद्यार्थी नेताहरुको विरोध

नेपाली काँग्रेसको भा्रति संगठन नेपाल विद्यार्थी संघमा उमेर हदको व्यवस्था गरेकोमा विद्यार्थी नेताहरुले विरोध गरेका छन् । काँग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा धर्ना दिँदै उनीहरुले नेविसंघमा गरेको उमेर हदको व्यवस्था स्विकार गर्न नसकिने जनाएका हुन् । रिले अनशन बस्नेमा अनिल खनाल, बिजय महतो, युबराज लामा, रोहित कपाली,  सुजन अधिकारी र सुजन घले रहेका छन् ।

मूल्यवृद्धिको विरोध गर्दै काभ्रेमा विद्यार्थी संगठनले पेट्रोल पम्प बन्द गरे

काभ्रेः : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै आन्दोलनमा उत्रिएका संयुक्त विद्यार्थी संगठनले काभ्रेमा पेट्रोल पम्पहरू बन्द गरेका छन्।बुधबार नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादीका बाबुराम–उपेन्द्रपक्ष निकट विद्यार्थी संगठनले जिल्लाको बनेपा, धुलिखेल, पनौतीलगायत क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पहरू बन्द गरेका हुन्। नेविसंघ काभ्रेका अध्यक्ष नृर्पेश बादेका अनुसार बुधबार बिहानैदेखि संयुक्त विद्यार्थी संगठनले जिल्लाका श्री चण्डेश्वरी आयाल स्टोर, नारायण आयाल स्ट

शंख फुकेर इन्धनमा भएको मूल्यवृद्धिको विरोध

काठमाडौं। इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले शंख फुकेर विरोध प्रदर्शन गरेको छ। अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार पूर्वनिर्धारित आन्दोलनअनुसार नै आइतबार विद्यार्थी संगठनहरुले राजधानीसहित देशभर शंख फुकेर इन्धनको मूल्यवृद्धिको विरोध गरेका हुन्। चरणबद्ध आन्दोलनमा रहेका विद्यार्थी संगठनहरुले निगमका गाडीहरू चल्न नदिने, पेट्रोलियम ढुवानी र बिक्री ठप्प पार्नेलगायतका आन्दोलन घोषणा गरेका छन्।

संयुक्त विद्यार्थी संगठनले माइतीघरमा संविधानसहित विरोध प्रदर्शन गर्ने

विपक्षी गठबन्धन सम्बद्ध विद्यार्थी संगठनहरुले राष्ट्रपति र प्रधानमन्त्रीले गरेको संविधानमाथिको अतिक्रमणका विरुद्ध संविधान प्रदर्शन गर्ने भएका छन् । संयुक्त विद्यार्थी संगठनले सोमबार दिउँसो २ बजे काठमाडौंकाे माइतीघर मण्डलामा संविधानसहित विरोध प्रदर्शन गर्ने...

विद्यार्थी संगठनको विरोध प्रदर्शन

विभिन्न दल निकट विद्यार्थी संगठनले आज प्रतिनिधिसभा विघठनविरुद्ध प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल (छैटौं) लगायतले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।कोभिड–१९ संक्रमणलाई ध्यान दिएर स्वास्थ्य सुरक्षा […]

विपक्षी गठबन्धनका विद्यार्थी सङ्गठनको विरोध प्रदर्शन

विपक्षी राजनीतिक गठबन्धनसहित विभिन्न दल निकट विद्यार्थी संगठनले बिहिबार प्रतिनिधिसभा विघठनविरुद्ध प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरका छन् । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी), जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौँ) लगायतले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् । प्रदर्शनीमार्गमा सहभागीहरुले …