राजनीतिक पर्यटकको घुइँचो

पर्यटक बढेनन् भनेर जताततै रोइलो सुनिन्छ । होटलवालाहरू पुर्पुरोमा हात लाएर बसेका छन् । नेपाल श्रीलंंका हुने भो, पाकिस्तान हुने भो भन्ने बाह्रमासे चिन्ताका खानीहरूलाई सकारात्मक कुरा त आउँदै आउँदैन भन्या ! बाह्य होस् या आन्तरिक पर्यटक नआइरहेको बेलामा राजनीतिक पर्यटकको मेला लागेपछि भएन त काम तमाम । होटलका कोठा अकुपाई भए पुगेन र ? फेरि बाहिर र भित्रका पर्यटक तौलेर खर्च गर्छन् । तर यी राजनीतिक पर्यटकहरूको खर्चको सीमै हुँदैन, लुटको धन फुपूको श्राद्ध ! चुनावको सिजनमा भिजनको कुरा कसलाई चाहिया छ र ? अहिलेको मिसन त एकले अर्कोलाई नांगेझार पार्ने हो । त्यही नांगेझार पार्ने प्रतिस्पर्धामा पर्यटक उम्मेदवार, पर्यटक प्रचारक र पर्यटक तालीवादक थुप्रेका छन् । पाँच वर्ष हराउने र चुनावमा आएर कराउनेलाई राजनीतिक पर्यटक भन्छन् । अहिले उपनिर्वाचन भइरहेका तीन जिल्लामा यस्तै राजनीतिक पर्यटकको ओइरो लागेको छ, जो अरूको खोइरो खन्नमा दिलोज्यानले लागेका छन् । कोही विगत भट्याउन, कोही मतदाता पट्याउन त कोही कसैको पुरानो किल्ला भत्काउन लागेका छन् । एउटाबाट दोस्रोमा, दोस्रोबाट तेस्रोमा र तेस्रोबाट चौथो–पाँचौं दलमा भ्रमण गरिरहने राजनीतिक पर्यटकहरूको भीड पनि थामिनसक्नु छ । चुनाव उप भने पनि त्यो आमचुनावभन्दा कम देखिन्न । देशमा मिडिया र जनता पनि सबै यै उपनिर्वाचनमा आफ्नो सम्पूर्ण ध्यान र ऊर्जा खर्च गरिरहेका देखिन्छन् । मानौं, देशमा चुनावबाहेक अरू गर्नु केही छैन । यसरी यो उपनिर्वाचनले सामाजिक सञ्जाल र चिया पसलहरूमा समेत धेरैलाई गृहकार्य दिइरहेको देखिन्छ । तरकारी डढेको र महँगी बढेको यिनलाई पत्तै हुँदैन । त्यसैले सबै राजनीतिक उद्योगमा जुटेका छन्, सत्ताको स्वादका लागि फुटेका छन् । यसमा जेल बसेको र ढुंगा कसेको कथाले दशकौं दशक ब्याजमात्र हो र ? स्याज र प्याजसमेत खान पाइन्छ । चुनावको सिजनमा भिजनको कुरा कसलाई चाहिया छ र ? अहिलेको मिसन त एकले अर्कोलाई नांगेझार पार्ने हो । त्यही नांगेझार पार्ने प्रतिस्पर्धामा पर्यटक उम्मेदवार, पर्यटक प्रचारक र पर्यटक तालीवादक थुप्रेका छन् । अनि सुनसान हुने गाउँ पनि गुल्जार हुन थालेको छ । आयाराम, गयाराम र आया–गया–रामको राजनीतिले आफ्नो प्वाँख फड्कारिरहेको छ । चुनावको विषय त्रिकोण, चतुष्कोणदेखि बहुकोणसम्म फैलिँदो छ । यी पर्यटकहरूकै कारण आसपासका होटल, रिसोर्टहरू भरिएका छन् । बिचरा मतदाता भने कुन चैं कोणमा कतिखेर फस्छन्, थाहै हुन्न । प्रत्येक दलमा दल बदल्ने दौड पनि चलिराछ । नेताहरूको एउटा खल्तीमा राजीनामा–पत्र छ । अर्को खल्तीमा कुनै अर्को दलको दोसल्ला छ । एउटै नेताका लागि निन्दा र प्रशंसाको भाषण रेडिमेड छ, तासमा जोकर लगाएजस्तो फ्याट्ट खल्तीबाट निकालेर पढ्नका लागि । अर्को दललाई झड्का लगाउने ‘अखिल नेपाल राष्ट्रिय कार्यक्रम’हरूको आयोजना पनि भइरहेको छ । पर्यटक नेतागण आफ्ना सुटकेटसहित तम्तयार छन् । उनीहरूले देशलाई दलदलमा कसरी भास्ने र आफूलाई उकास्ने फाइदाका अनेक काइदा जानेका छन् । यसरी उनीहरूले धेरैभन्दा धेरै फोहोर गरिरहेका छन् । अनि समाजमा फोहोर नै फैलाइरहेका छन् । अर्थात् उनीहरू फोहोरमा आत्मनिर्भर छन् । कल्ले कल्लाई कतिखेर बोक्ने र कतिखेर ठोक्ने हो सबै तालीम हुँदो छ । यस्ता दस्ताहरू पनि एकत्रित पारिएकै छन् । यी दस्ताहरू बाहिरै उभिएर बसको प्रतीक्षा गरिरहेका छन् अरिंगाल बनेर अर्कोलाई आक्रमण गर्नका लागि । हो, थुप्रै बसहरू बाहिर रोकिएका छन् । फरक फरक राजनीतिक दलका टुरिष्ट बसमा बस्नका लागि मानिसहरू लालायित देखिन्छन् । निर्वाचनको तरीका नै यै हो । जहाँ जहाँ यी पर्यटक जान्छन्, त्यहाँ त्यहाँ स्थानीय जनतालाई ललिपप बाँड्छन् । पानी, धारा, रेल, तेल, सडक, सुशासन, विकास, सबै खाले ललिपप । यी राजनीतिक पर्यटकहरू आ–आफ्ना दलका महाधिवेशनलाई लात हानेर अर्को दलको दौरा सुरुवाल सिलाउनका लागि आफ्नो घाँटी र कम्मरको नाप दिँदै हिँडिरहेका छन् । कार्यकर्ताहरूलाई त के छ र ? कार्पेट फट्कार्ने र हर्न बजाइदिने मात्र न हो । यी राजनीतिक पर्यटकहरू बारादेखि चितवन हुँदै तनहुँसम्म पुगेका छन् । चितवनमा त राजनीतिक पर्यटकहरू यति खचाखच छन् कि मै हुँ भन्ने खाँटी राजनीतिज्ञ पनि यो गर्मीमा दिनभरि तात्तातो वाचाहरूले भरिएका चिया, कफी र साँझ साँझ बियर र भोड्का लगायत तातै पार्ने झोल बेचिरहेका देखिन्छन् । रमाइलो कुरा त यो छ यही बेला व्यावसायिक क्षेत्रका टुरिष्ट पनि बग्रेल्ती जिल्लातिर घुमिरहेका भेटिन्छन् । व्यावसायिक क्षेत्रको छाता संगठनको निर्वाचनले पनि देशको चुनावी माहौललाई अझ तताइरहेको छ । नामै महासंघ भएपछि यी त महापर्यटक भइहाले । यी पर्यटक पनि कति बेला बैंकलाई हकार्ने, कतिबेला सरकार गुहार्ने र कतिबेला गुटउपगुटको फुटबाट फाइदा लिने भन्नेमा पोख्त छन् । दलबदलमा यिनले नेतालाई पनि जित्न बेर लगाउँदैनन् । धेरैजसो यी उद्योग कम, गुट बढी चलाउँछन् । राजनीतिको पुरातात्त्विक विभागमा कति दलहरू खुम्चिएका पनि छन् । कति दलहरू त आफ्ना नेताहरूका स्मारकहरूमा पर्यटकहरूको लामो लामो लाइन लगाएर तिनलाई टिकट बेचेर पनि खुब कमाइ गरिरहेका छन् । यी पर्यटक ५ वर्षमा एकपटक आउँछन् । खुब हल्लाखल्ला गर्छन् । अनि स्यालका सिङ हराएसरी लुप्त हुन्छन् । पर्यटनविज्ञहरूका अनुसार संसदीय चुनावमा त मतदाताका आम्दानी अरू बेलाभन्दा धेरै नै गुणा बढी हुने गरेको छ । तर यी राजनीतिक पर्यटकहरूकको भीडमा को असली पर्यटक हो र को नक्कली छुट्ट्याउन कतिपय मान्यताप्राप्त कुकुरहरूलाई पनि पुच्छर लुकाएर आफ्नो मौलिक गल्लीहरूमा लुक्न जानुपर्ने हुन्छ । दलदल दल, दलबदल दल, फोहोरी दल, विदेश जान तयार दल, विदेशबाट फर्केको दल, पेन्सन पकाको दल, ढुंगा वर्षाको दल, विद्रोही दल, नवदल–पुरानो दल, अदल–बदल दल, भयंकर दरिद्र दल, तराई दल, मधेशी दल, पहाडी दल, हिमाली दल जस्ता दलहरू गरेर तीन निर्वाचन क्षेत्रमा ६९ उम्मेदवार खडा छन् वा खडिएका छन् । यी पर्यटकमध्ये कोही भूपू मन्त्री छन् त कोही भीपी र अझ कोही त भीआईपी समेत छन् । कोही जेल परेका छन् त कोही जेल पार्ने छन् । कोही तालमेलमा छन् त कोही जालझेलमा परेका छन् । कोही जेलबाट छुट्नासाथ आफ्ना वाचा, घोषणाहरू, चुनावी हतकण्डा आदि सुटकेटमा भरेर चुनावी व्यवस्थामा कानूनलाई धोती लगाएर राजनीतिक पर्यटनमा निस्किएका छन् । वास्तवमा यस्ता पर्यटकहरू नै राजनीतिका सुनौला भविष्य हुन् । तर देश अँध्यारैमा रहे मात्र उनीहरूको भविष्य उज्ज्वल हुन्छ  । पर्यटनमा देशको भविष्य छ भनेको शायद त्यही भएर होला । त्यसैले प्रायः सबै शीर्ष नेतृत्व, आलाकमान, दलपति आदि जन्तुहरू पनि यी पर्यटकहरूको आगमनमा उनीहरूको पूजापाठ गर्नका लागि गाउँ–शहरमा ढोल पिट्दै र्‍याली निकाल्न तम्तयार छन् । अनि तपाईं चैं यी राजनीतिक पर्यटकहरूलाई कति किलोको माला लाइदिएर गाला मुसार्ने मुडमा हुनुहुन्छ त हँ ?

सम्बन्धित सामग्री

चाडपर्वमा आन्तरिक पर्यटकको घुइँचो

चितवन– कुनै समय थियो, खैरो कपाल र सेतो छाला भएका मानिसलाई मात्रै पर्यटक मानिन्थ्यो । पहिलेपहिले नेपालीको घुम्ने ‘कल्चर’ नै थिएन भन्दा पनि हुन्छ । पछिल्लो समय नेपालीको घुम्ने संस्कार विकास भएसँगै चाडपर्वको समयमा पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । शनिबार, सार्वजनिक बिदा र चाडपर्वको समयमा पर्यटकीय गन्तव्यमा उल्लेख्य आन्तरिक पर्यटक आउने […]

ताल सम्पन्न नहुदै पर्यटकको घुइँचो

सर्लाही । बागमती नगरपालिकामा निर्माणाधीन बागमती माछा पोखरीमा आन्तरीक पर्यटकको घुइँचो लागेको छ । संघीय भूउपयोग नीतिअनुसार खेर गएको बागतमी नदीको जमिनलाई आन्तरिक आयसँग जोडेर २०७५ सालबाट निर्माण सुरु भएको तालमा आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको ताल व्यवस्थापन समितिले जनाएको छ । मानव निर्मित तालमा निर्माणकै चरणमा ३१ साना र एउटा ठूलो डुङ्गा सञ्चालनमा रहेको […]

म्याग्दीको कोप्रे झरनामा आन्तरिक पर्यटकको घुइँचो

म्याग्दी : बेनी नगरपालिका २ बगरफाँटको दुधेखोलामा रहेको कोप्रे झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बनेको छ।सदरमुकाम बेनी बजारदेखि करिब चार किलोमिटर पश्चिममापर्ने नयाँ पर्यटकीय गन्तव्य यो झरनामा आन्तरिक पर्यटकको चहलपहल बढेको हो। स्थानीय बासिन्दाले ‘कोप्रे छहरा’ भनेर चिन्ने कोप्रे झरनामा खासगरी शनिवार तथा विदाको दिनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। दैनिक झण्डै १ सयको हाराहारीमा पर्यटक आउने स्थानीय बताउँछन् ।विगतदेखि नै मानिसको चहलपहल हुने यस झरनामा पछिल्लोपटक गत

गोसाईकुण्डमा आन्तरिक पर्यटकको घुइँचो

काठमाडौँ : जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाईकुण्डमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । काठमाडौँ लगायत देशका विभिन्न ठाउँबाट गोसाईकुण्ड पुगेका आन्तरिक पर्यटकले गर्दा भीडभाड बढेको हो । यतिबेला गोसाईकुण्ड परिसरमा आन्तरिक पर्यटक भरिभराउ छन् । यसपटक गोसाईकुण्डको भ्रमणमा केही पत्रकार, कर्मचारी तथा राजनीतिक दलका नेता समेत छन् । उनीहरु गोसाईकुण्ड पुगेर फर्किने क्रममा छन् । भरिभराउ […]

पाल्पाका तीन झरनाले पाए पुनर्जीवन, पर्यटकको घुइँचो बढ्यो

पाल्पा : जिल्लाका तीन स्थानमा रहेका झरनाप्रति पर्यटकको आकर्षण बढेको छ। प्राकृतिक झरनामा रमाउनेको संख्या दिनानुदिन बढेको हो।वनजंगल र झाडीले ढाकिएका झरना अहिले सफा भएपछि सुन्दर देखिएका छन्। सजिलो गरी यहाँसम्म पुग्ने सुविधा भएपछि पर्यटकको घुइँचो लाग्न थालेको हो।प्राकृतिक झरनासम्मको पहुँच सहज बनेको छ। पर्यटक पुग्न सडक तथा गोरेटो बाटो निर्माण गरिएका छन्। वन जंगल बिचमा रहेको बेवारिसे  झरना अहिले पर्यटकको आकर्षण केन्द्र बनेका छन्।रामपुर नगरपालिका–१ स्थित चिन्ते सामुदायिक

मनमोहक दृश्य हेर्न शैलुङमा आन्तरिक पर्यटकको घुइँचो

कञ्चनपुर, २१ फागुन । बाग्मती प्रदेशको दोलखा जिल्लामा अवस्थित पर्यटकीयस्थल शैलुङमा आन्तरिक पर्यटकको घुइँचो । तस्वीरः चन्द्रकला क्षेत्री÷रासस

नयाँ वर्ष मनाउन ठोरीमा पर्यटकको घुइँचो

वीरगंज : नयाँ वर्ष २०२२ मनाउन ठोरीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आज घुइँचो लागेको लाग्यो। नेपाल भारतको ठोरी सीमा नाका नखुले पनि ठोरीमा पिकनिकको लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको कमी भएको थिएन। ठोरीको ठुटेखोला, राइधारा, गणेशमान पार्क, चिता खोला, चिसापानी, रानीबन, रातो पहाडलगायतका पर्यटकीय क्षेत्रमा नयाँ वर्ष मनाउन आउने…

अंग्रेजी नयाँ वर्षमा जनकपुरमा पर्यटकको घुइँचो

जनकपुरधाम : अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकको घुइँचो लागेको छ।भगवान्‌को दर्शन र पूजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ उनीहरू जनकपुर आएका हुन्।शनिबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राममन्दिरलगायतका धार्मिक मठमन्दिरमा पर्यटकको भीड लागेको छ। भारतीय गाडीको चाप बढेको छ।महोत्तरीको जलेश्वर  र धनुषाको जटही नाकाबाट भारतीय पर्यटकहरू अत्यधिक रूपमा जनकपुर आएका छन्।कोरोनाले जनकपुरसहितको पर्यटन क्षेत्र सुस्त भएको थियो। अहिले बिहार राज्यका मात्रै नभई अन्य

इलाम र तेह्रथुममा हिउँ खेल्न जाने पर्यटकको घुइँचो

प्रकाश नेपाल /प्रकाश पाक्साँवा (लम्बु) इलाम र तेह्रथुम । इलाम र तेह्रथुममा यति बेला हिउँ खेल्न जाने पर्यटकको घुइँचो लागेको छ । बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएपनि हिउँ खेल्न जाने आन्तरिक पर्यटकको लर्को नै लाग्न थालेको हो । वर्षापछि खुलेको मौसममा इलामको पाटेनागीमा यतिबेला बाक्लो हिउँ जम्मा भइसकेको छ । ३ हजार ५४ मिटर […]

विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको घुइँचो

बागलुङ । गत वर्ष लकडाउनकै बिच सञ्चालनमा आएको बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण भएको झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । विश्वकै लामो दाबी गरिएको ५ सय ६७ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा आएसँगै पर्यटकको चहलपहल हुन थालेको हो । कोरोनाका कारण घरमै बसेका नागरिकहरु लकडाउन खुकुलो हुन थालेपछि पुल वरपरको […]